ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान


admin
१८ चैत्र २०७४, आइतबार   ५ : ४९   बजे

काठमाडौँ, १८ चैत । काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ ।

रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन कार्य अत्यन्त न्यूनरुपमा हुन थालेपछि उपत्यकामा रगतको माग बढेको सोसाइटीले जनाएको छ ।

रगतको अभाव भएपछि सोसाइटीले उपत्यकाभित्र रगत संकलन कार्यमा सक्रिय युथ फर ब्लड, क्लब २५, उपत्यकाभित्रका सोसाइटीका जिल्ला शाखा, उपशाखा तथा अन्य सामाजिक संघसंस्था एवं स्वयंसेवी रक्तदातालाई रगत दानको कार्यक्रम बढाउन आह्वान गरिएको सोसाइटीका सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रकी निर्देशक डा मनिता राजकर्णीकारका अनुसार अहिले दैनिकरुपमा ३५० पिन्ट रगतको माग हुने गर्दछ, मागलाई धान्न केन्द्रलाई मुश्किल परिरहेको छ । “हिजोमात्र स्वयंसेवी रक्तदातालाई आह्वान गरी रगतको माग पूरा ग¥यौँ”, उहाँले भन्नुभयो ।

अर्काेतर्फ चैत महिनामा उपत्यकाका अस्पतालमा शल्यक्रिया बढी हुने हुँदा पनि रगतको माग बढ्ने गर्दछ ।

यसैगरी, भक्तपुरको दूधपाटीमा रहेको नेपाल रेडक्रसको रक्तसञ्चार सेवा केन्द्रमा पनि रगतको माग बढेको छ । केन्द्रका प्राविधिक प्रेम अधिकारीका अनुसार चैत १६ गते शुक्रबार मात्र ४०० पिन्ट रगत संकलन भएकामा ३५० पिन्ट आपूर्ति भएको थियो ।

सोसाइटीका जिल्ला सभापति मनोज थापाले रगतको आवश्यकता भई केन्द्रमा आउनेलाई रित्तोहात नफर्काइएको तर भनेजति एकैपटक भने दिन नसकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group