ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो वर्षा: नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


abc news
२५ असार २०८२, बुधबार   ६ : २७   बजे

काठमाडौ, २५ असार । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा ठूलो पानी परेको छ । गएरातिको वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बाढी, डुवान र पहिरोको जोखिम रहेको भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो पानी परेको हो । बारा, नवलपरासी, बाग्लुङलगायतका जिल्लामा अत्यधिक वर्षा मापन गरिएको छ ।
कास्की, पर्वत, अर्घाखाँचीलगायतका जिल्लामा मध्यम वर्षा भएको छ । नदी, खोलामा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकोले सावधानी अपनाउन भनिएको छ ।

काठमाण्डौ उपत्यकाको बागमती नदीको खोकना र मनोहरा जलमापन केन्द्रले सतर्कता तह पार गरिसकेको र जलसतह अझै बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी विष्णुमतीअन्तर्गतको गोङ्गबु र बागमतीको गौरीघाट क्षेत्रमा पनि पानीको सतह खतराको तह पार गरिसकेको छ । बल्खु, मनोहरा, धोबी खोला ९ कपन र चाबहिल क्षेत्र ० मा पनि पानीको बहाव बढेकोले नदी किनार क्षेत्रका बासिन्दा र सडकमा यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।

सिन्धुपाल्चोकको धाप गोब्रे मनेखार्क क्षेत्रमा मध्यम वर्षा भएकाले मेलम्ची र इन्द्रावती नदीमा बहाव बढ्नसक्ने भन्दै मेलम्ची बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध छ ।

मकवानपुरको लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा पानीको सतह बढिरहेकोले वरिपरिको स–साना खोलामा आकश्मिक बहाव हुन सक्ने चेतावनी दिइएको छ ।

तनहुँ र चितवनः विमलनगर, सखर, बन्दीपुर, त्रिशुली ९कालीखोला०, शक्तिखोर, नारायणी फिल्ड अफिस क्षेत्र आसपासमा मध्यम वर्षा भएकाले आकश्मिक बाढीको जोखिम छ ।

कैलालीः बुढीआम वर्षामापन केन्द्र आसपास स–साना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

सर्लाहीको पत्थरकोट, परवानीपुर क्षेत्रमा पनि मध्यम वर्षा भएकाले तटीय क्षेत्र र होचो भू–भागमा डुवानको जोखिम छ ।

खोटाङको बाक्सिला, भैँसे, लामिडाँडा क्षेत्र आसपासका खोलामा बहाव बढ्न सक्ने र भिरालो भूभागमा पहिरोको सम्भावना छ ।

बाग्लुङको गलकोट क्षेत्रमा ठूलो वर्षा भएकाले साना खोलाहरूमा आकश्मिक बहाव तथा पहिरोको जोखिम छ ।

मुस्ताङको कालिगण्डकी नदीको जोमसोम जलमापन केन्द्रले पनि सतर्कता तह पार गर्न लागेको छ । कालिगण्डकी, रौघाट, म्याग्दी खोलालगायतका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

देशभर थप वर्षा हुन सक्ने भएकोले नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेको भन्दै डुबान, आकश्मिक बाढी र पहिरोको जोखिम भएका सबै क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । जोखिम भए सुरक्षित ठाउँमा सर्न र नदी किनारमा नजान महाशाखाको अनुरोध छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group