ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाको कार्य सूचीबाट हटाइयो भूमि विधेयक


abc news
२५ असार २०८२, बुधबार   २ : ५२   बजे

काठमाडौ २५ असार । प्रतिनिधिसभा बैठकको आजको कार्यसूचीबाट भूमि विधेयक पारित गर्ने भनिए पनि अहिले त्यसलाई हटाइएको छ। यसअघि संसद् सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा राखिएको थियो।

विधेयकबारे सत्ता साझेदार दल नेपाली कांग्रेसले नै विरोध जनाएपछि भूमि विधेयक पारित गर्नबाट सरकार पछि हटेको छ। आजको बैठकमा भूमिसम्बन्धी विधेयकमाथि दफावार छलफलका लागि पेस गर्ने संभावित कार्यसूची थियो।

यसबारे कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्माले बुधबार बिहानै भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाको कार्यसूचीबाट हटाउन माग गरेका थिए।

शर्माले विधेयक संशोधन गर्नै बा‍ँकी रहेको र यसका लागि सबैको सहमति चाहिने भन्दै आजको कार्यसूचीबाट हटाउन भनेका थिए।
उनले विधेयकलाई छलफलका लागि पठाउन पनि भनेका छन्।

यता नेकपा माओवादी केन्द्रले पनि उक्त विधेयक समितिमै छलफल गर्न आवश्यक रहेको र त्यसपछिमात्रै सदनमा पेस गर्नुपर्ने बताएको छ।

यसअघि पनि सरकारले भूमिसम्बन्धी अध्यादेश नै ल्याएको थियो। तर जनता समाजवादी पार्टीको असन्तुष्टिबीच सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो।

कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र शर्माले हदबन्दीभन्दा बढी जग्गा भएका उद्योगका जग्गामा व्यवसाय गर्न, बेचबिखन गर्न रोक्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका छन्।
‘प्रचलित कानुनबमोजिम हदबन्दीको छुट लिँदा कुनै कृषि फार्म, चिया उद्योग जस्ता व्यवसायिक कृषि उद्योग, प्रतिष्ठान, शिक्षण संस्था, स्वास्थ्य संस्था आदि प्रयोजनको लागि भनि छुट लिएको वा स्वीकृती लिएको जग्गा सोही प्रयोजनको लागि तोकिएको शर्तबमोजिम उपयोग नगरी खाली बाँझो० राखेको वा फरक प्रयोजनमा प्रयोग गरेको वा पछि घर जग्गा व्यवसायको कम्पनी खडा गरी सो कम्पनीको नामबाट उक्त जग्गामा घर जग्गा व्यबसाय गरेको वा त्यस्तो व्यवसाय गर्न स्वीकृति लिएको वा स्वीकृतिका लागि निवेदन दिएको रहेछ भने पनि पहिले कृषि, उद्योगलगायत अन्य प्रयोजनका लागि छुट वा स्वीकृति लिएको सो जग्गामा घरजग्गा व्यवसाय गर्न, घडेरी वा त्यस्तो घडेरीमा घर आवास इकाइ ९एपार्टमेन्ट० निर्माण गरी यस दफा बमोजिम बेचबिखन गर्न पाइने छैन’, उनीहरूले दर्ता गराएको संशोधनमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group