ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसले सात दिनसम्म पार्टीको झण्डा आधा झुकाउने 


admin
१८ चैत्र २०७४, आइतबार   ७ : १४   बजे

काठमाडौँ, १८ चैत ।  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताउनुभएको छ ।

दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले नेताको खड्काको असमायिक निधनले काँग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “नेता खड्का काँग्रेसको महान् योद्धा र देशको महान् सपूत हो । उहाँले प्रजातन्त्रका लागि आजीवन संघर्ष गर्नुभयो ।” सभापति देउवाले यस दुःखद् घडीमा नेता खड्काको आत्माले शान्ति पाओस् भन्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको उपचारका क्रममा शुक्रबार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उहाँकै निवासमा राखिएको छ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँ नेपालको लकेतान्त्रिक आन्दोलनको सबल योद्धा र काँग्रेसको लागि सशक्त खम्बाका रुपमा रहनुभएको बताउनुभयो ।

“उहाँबाट युवाले ठूलो प्रेरणा पाएका थिए, उहाँको निधन काँग्रेसको लागि मात्र होइन मुलकको लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति हो”–वरिष्ठ नेता पौडेलले भन्नुभयो । नेता खड्काको अनुपस्थितिको अभाव र रिक्तता सधैँ खड्किने बताउँदै वरिष्ठ नेता पौडेलले उहाँको सपना साकार पार्न अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेता खड्कालाई सानो उमेरमा काँग्रेसको राजनीतिमा लागेको र ठूलो संघर्ष गरेको व्यक्तिका रुपमा सम्झनुभयो । नेता खड्काले प्रजातन्त्रका लागि लामो समयसम्म निर्वासन तथा जेल जीवन बिताउनुभएको स्मरण गर्दै केन्द्रीय सदस्य बस्नेतले भन्नुभयो, “विसं २०३३ मा उहाँ फाँसीको सजाय र सर्वस्वहरणको मुद्दासमेतको परवाह नगरी प्रजातन्त्रका लागि स्वदेश फर्कनुभएको थियो ।”

नेता खड्का लोकतन्त्रका लागि जस्तोसुकै जोखिम लिनसक्ने र आफ्नो निर्णयमा अडिग रहने नेताका रुपमा परिचित रहेको नेता बस्नेतको भनाइ थियो ।

स्व खड्कालाई शोक सलामी 

पार्टी कार्यालयमा नेकपा (एमाले) नेता सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, काँग्रेसका नेता तथा सयौँ कार्यकर्ताले नेता खड्काको पार्थिव शरीरमा पुष्प गुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

त्यसअघि बिहान ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर पनि सभामुख कृष्णबहादुर महरा, काँग्रेसका नेता तथा कार्यकर्ता र विभिन्न दलका नेताले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न देशभरिबाट काँग्रेस कार्यकर्ता काठमाडौँ आइपुगेका थिए । काँग्रेस नेता खड्का कार्यकर्तामाझ निकै लोकप्रिय नेताका रुपमा चिनिनुहुन्थ्यो ।

नेता खड्काको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्व खड्कालाई उहाँका सुपुत्र अनुरागले दागबत्ती दिनुभएको थियो । नेता खड्काको सम्मानमा सशस्त्र प्रहरी बलको एक टुकुडीले शोक सलामी अर्पण गरेको थियो ।

यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ बजे बस्ने भनिएको साताँै दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको छ ।

काँग्रेसले पार्टीको झण्डा आधा झुकाउने 

नेपाली काँग्रेसले दिवंगत नेता खुमबहादुर खड्काप्रति शोक प्रकट गर्दै सात दिनसम्म केन्द्रलगायत पार्टी मातहतका सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले काँग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

दिवंगत नेता खड्काको निधनमा यही चैत १८ देखि २२ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेशस्थित जनसम्पर्क समितिका कार्यालय बन्द गर्नेे तथा शोक÷श्रद्धाञ्जलिका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेता खड्काको चैत १६ गते साँझ ५ः१५ बजे नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पार्टीका संस्थापक बिपी कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील नेता खड्काले बिपी कोइरालासँगै लामो समय भारतमा निर्वासित जीवन बिताउनुभएको थियो ।

नेता खड्का बिपीसँगै राष्ट्रिय एकता र मेलमिलापको नीतिअन्तर्गत २०३३ पुस १६ गते स्वदेश फर्कनु भएको थियो । आफ्नो आस्था र विश्वासका लागि जुनसुकै बलिदान गर्न तत्पर दिवंगत नेता खड्का पार्टीका नेता गणेशमान सिंह, सुर्वणशम्शेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहनुभयो ।

नेता खड्काको निधनले काँग्रेस र सिंगो मुलुकलाई अपूरणीय क्षति पुगेको काँग्रेसले ठहर गरेको छ । दिवंगत नेता खड्काको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति काँग्रेसले उच्च सम्मान प्रकट गरेको छ ।

नेता खड्काको निधनको १३ औँ दिनमा काँग्रेसले केन्द्र र सबै जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group