ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटहरीका मेयरको अभिव्यक्ति बारे महासंघले कांग्रेससँग पार्टीको धारणा माग्यो


abc news
२५ असार २०८२, बुधबार   ५ : ०१   बजे

काठमाडौ २५ असार । इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले सामाजिक सञ्जालमार्फत पत्रकारिता क्षेत्रप्रति दिएको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासङ्घ, सुनसरीले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मेयर पौडेलले असार २० गते दिएको अपमानजनक अभिव्यक्ति पछि चार दिन बितिसक्दा समेत क्षमा याचनाको कुनै प्रयास नगरेको भन्दै महासङ्घले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ। २४ गते महासङ्घको कार्यसमिति बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

महासङ्घका पूर्व अध्यक्षहरू, पेसागत सङ्घ–संस्थाका प्रतिनिधिहरू, सल्लाहकारहरू तथा पदाधिकारीहरूको उपस्थितिमा बसेको उक्त बैठकले मेयरको अभिव्यक्ति पदीय मर्यादा विपरीत र प्रेस स्वतन्त्रताको स्पष्ट उल्लङ्घन भएको निष्कर्ष निकालेको थियो।

महासङ्घले मेयरको अभिव्यक्तिप्रति घोर भर्त्सना गर्दै यथार्थ पुष्टि गर्न मेयर पौडेललाई चेतावनीसमेत दिएको छ। साथै, विभिन्न चरणमा सङ्घर्षका कार्यक्रम घोषणा गरिएको छ।

सोही क्रममा बुधवार मेयर हेम कर्ण पौडेललाई ज्ञापन पत्र बुझाउँदै आफ्ना गलत अभिव्यक्ति फिर्ता लिन दबाब दिएको छ। बिहीबार इटहरीमा कार्यरत अग्रज तथा क्रियाशील पत्रकारहरूको भेला आयोजना गरिने, इटहरीका सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक वर्ग तथा सरोकारवाला निकायहरूसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवाद गरिने महासङ्घको विरोध कार्यक्रममा उल्लेख छ।

त्यस्तै, सूचनाको हक प्रयोग गरी उपमहानगरपालिकासँग सम्बन्धित विविध सूचनाहरू माग गर्न आह्वान गरिने पनि महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाली कांग्रेसको जिल्ला, प्रदेश तथा केन्द्रीय समिति समक्ष आधिकारिक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बारेमा मेयर पौडेललाई लक्षित गर्दै पार्टीको धारणा माग गर्दै ध्यानाकर्षण पत्र बुझाइने समेत सार्वजनिक भएको विरोध कार्यक्रममा उल्लेख गरिएको छ।

महासङ्घका सचिव विनय बाह्रकोटीले हस्ताक्षर गरी सार्वजनिक भएको विज्ञप्तिमा महासङ्घले पत्रकारिताको गरिमा रक्षा गर्न कुनै पनि प्रकारको दबाब र हस्तक्षेप नस्विकारिने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu