ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोल्सोनारोको मुद्दा खारेज नगरे ब्राजिललाई ५० प्रतिशत कर लगाउने ट्रम्पको धम्की


abc news
२६ असार २०८२, बिहिबार   ८ : ५१   बजे

काठमाडौं, २६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलका पूर्वराष्ट्रपति जेयर बोल्सोनारोको मुद्दा खारेज नगरे ब्राजिललाई ५० प्रतिशत कर लगाउने धम्की दिएका छन् ।

दक्षिण अमेरिकी देश ब्राजिलसँगको विवाद तीव्र बनाउँदै ब्राजिलमा उत्पादित वस्तुहरूमाथि ५० प्रतिशत आयात कर लगाउने योजना बनाएको ट्रम्पले बताएका छन् ।
बीबीसीका अनुसार, ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै ब्राजिलमाथि अमेरिकी प्रविधि कम्पनीहरूमाथि आक्रमण गरेको र पूर्व दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारोलाई न्यायिक रूपमा उत्पीडन गरिएको आरोप लगाएका छन् ।

बोल्सोनारो सन् २०२२ को निर्वाचनलाई उल्टाउने षड्यन्त्रमा संलग्न भएको अभियोगमा मुद्दा खेपिरहेका छन् ।
ट्रम्पको भनाइपछि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै, ब्राजिलमाथि कर लगाइए त्यसको बदलामा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले ब्राजिलको न्यायिक प्रणालीमा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे ।

ट्रम्पले यो हप्ताको सुरुमा लुलासँग बोल्सोनारोको मुद्दालाई लिएर समेत विवाद गरेका थिए । त्यस क्रममा लुलाले ‘ब्राजिलले कसैको पनि हस्तक्षेप स्वीकार गर्दैन’ भन्दै देशको कानुनी प्रक्रियामाथि बाह्य प्रभाव अस्वीकार्य हुने बताएका थिए । उनले भनेका थिए, “कानुनभन्दा माथि कोही हुँदैन ।”

ब्राजिलका लागि ट्रम्पले पहिला घोषित १० प्रतिशत करलाई बढाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन् ।
ट्रम्पले यो करको दर हालको सत्ताद्वारा गरिएको गम्भीर अन्यायलाई सुधार गर्न आवश्यक भएको दाबी गरेका छन् । उनले अमेरिकी व्यापार प्रतिनिधिलाई ब्राजिलको डिजिटल व्यापार अभ्यासबारे अनुसन्धान सुरू गर्न निर्देशन दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu