ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको नोबेल सपना : नरसंहार मच्याउनेलाई शान्ति पुरस्कार !


abc news
२६ असार २०८२, बिहिबार   १ : १४   बजे

काठमाडौ २६ असार । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको बताएका छन् ।

नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको भन्दै नेतन्याहूले हालै ट्रम्पलाई एक पत्र हस्तान्तरण गरेका बीबीसीले उल्लेख गरेको छ । नेतन्याहूले भनेका छन्, ‘उनी ९ट्रम्प० एक पछि अर्को गर्दै धेरै देश र क्षेत्रहरुमा शान्ति कायम गर्ने प्रयासमा लागेका छन् ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कारका लागि इच्छा देखाउँदै आएका छन् ।

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने इजरायली प्रधानमन्त्री नेतन्याहू मात्रै होइनन् । यसअघि पाकिस्तानले पनि ट्रम्पलाई नोबेल पुरस्कारका लागि प्रस्ताव गरेको थियो ।

भारतसँग युद्धविराम गराउन ट्रम्पले अहम् भूमिका खेलेको भन्दै पाकिस्तानले नोबेलका लागि प्रस्ताव गरेको थियो ।

तर, पाकिस्तानको उक्त घोषणाको केही समय नबित्दै इरानमा अमेरिकाले आक्रमण गर्यो । पाकिस्तानको छिमेकी देश हो इरान । इरानमा भएको अमेरिकी आक्रमणको भने पाकिस्तानले निन्दा र भत्सना गरेको थियो ।

सामाजिक सञ्जालमा पनि इरानको परमाणु केन्द्रहरुमा अमेरिकाले गरेको आक्रमणको निकै आलोचना भएको थियो ।

नोबेल शान्ति पुरस्कारलाई विश्वकै सबभन्दा प्रतिष्ठित सम्मान र पुरस्कारमध्येमा एक मानिन्छ ।

६ विधामा दिइने नोबेल पुरस्कार स्वीडिश वैज्ञानिक, उद्योगपति एवं समाजसेवी अल्फेड नोबेलका नाममा स्थापना गरिएको थियो ।

१२३ वर्ष लामो इतिहास बोकेको नोबेल पुरस्कार पहिलो संस्करण सन् १९०१ मा भएको हो । नोबेल पुरस्कारको छनोट नर्वेको संसदले नियुक्त गरेको पाँच सदस्यीय समितिले गर्ने गर्दछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नोबेल पुरस्कार पाइहाले पनि उनी निर्विदित भने रहने छैनन् । त्यसो त यसअघि पनि राजनीतिक पृष्ठभूमिबाट पुरस्कार पाउनेहरुले आलोचना खेप्नुपरेको इतिहास छ ।

त्यसको तुलनामा विज्ञान, साहित्य र अर्थशास्त्र विधामा नोबेल पुरस्कार पाउनेहरु भने कम विवादित बनेका छन् । हामीले ६ वटा विवादित नोबेल बिजेताबारे चर्चा गर्दछौं ।

बाराक ओबामा ९ सन् २००९०

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चयन भएको ९ महिनामै नोबेल शान्ति पुरस्कार पाएका थिए । राष्ट्रपति चयन भएको छोटो समयमै नोबेल शान्ति पुरस्कार पाउँदा स्वयं ओबामा नै चकित परेका थिए ।

सन् २०२० मा प्रकाशित उनको संस्मरणमा ओबामाले लेखेका छन्, ‘आखिर के कारण मैले यो पुरस्कार पाएँ रु’

पुरस्कार पाउँदा ९ महिना बितेको भएपनि त्यो वर्ष विश्वभरीबाट हुने छनोट प्रक्रियाको अन्तिम म्याद ९नोमिनेसन० हेर्दा भने ओबामा राष्ट्रपति भएको जम्मा १२ दिनमात्रै भएको थियो ।

राष्ट्रपतिको सपथ ग्रहण गरेको १२ औं दिनमा नोबेलका लागि सिफारिसको अवधि सकिएको त्यो वर्ष ओबामाले पुरस्कार पाउनु अनौठो थियो ।

तर, सन् २०१५ मा नोबेल इन्स्टिच्यूटका पूर्वनिर्देशक गेर लुन्डेस्टाडले ओबामालाई नोबेल शान्ति पुरस्कार दिइएकोमा पश्चताप भएको बताएका थिए । उनले भनेका थिए, ‘नोबेल कमिटीलाई पछि उक्त निर्णयमा अफसोच भयो ।’

किनभने ओबामा राष्ट्रपति पदमा रहेकै बेला अमेरिकाले अफगानिस्तान, इराक र सिरियामा सैन्य अभियान तीव्र पारेको थियो । ओबामाको कार्यकाmमा ती देशमा आन्तरिक सम्प्रभूतामाथि हस्तक्षेप गर्दै अमेरिकाले नरसंहार मच्याएको आरोप लाग्ने गरेको छ ।

यासिर अराफात ९सन् १९९४०

प्यालेस्टाइनी नेता यासिर अराफातलाई पनि सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

इजरायलका तत्कालीन प्रधानमन्त्री यित्जाक रबिन र विदेशमन्त्री शिमोन पेरेससँगै साझा रूपमा अरफातले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

उनीहरूलाई ओस्लो शान्ति सम्झौताको प्रशंसा गर्दै उनीहरुलाई नोबेल समितिले सम्मानित गरेको थियो ।

तर, सशस्त्र संघर्ष र गुरिल्ला गतिविधिहरूमा संलग्न रहेको पृष्ठभूमिका कारण अराफातलाई नोबेल पुरस्कार प्रदान गरिएकोप्रति आलोचना भयो ।

इजरायलसहितका केही देशले अराफातलाई नोबेल पुरस्कार दिइएकामा

कटु आलोचना गरेका थिए । नोबेल समितिमै समेत अराफातका विषयमा मतभेद देखियो । नोबेल समितिमा आवद्ध नर्वेका नेता क्रिस्टियानसेनले उक्त निर्णयको विरोध गर्दै पदबाट राजीनामा नै दिएका थिए ।

हेनरी किसिंजर ९सन् १९७३०

अमेरिकी विदेशमन्त्री हेनरी किसिंजरले सन् १९७३ मा नोबेल पुरस्कारले सम्मानित गरियो । भियतनाममा युद्धविराम गराउन उत्तर वियतनामी नेता ले डक थोलाई राजी गराउन अहम् भूमिका खेलेको भन्दै किसिंजरलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

तर, कम्बोडियामा गोप्य रूपमा बमबारी र दक्षिण अमेरिकी सैनिक तानाशाहहरूलाई समर्थन गरेको आरोप खेपेका किसिंजरलाई नोबेल पुरस्कार दिइनु गलत भन्दै तीव्र आलोचना भयो ।

किसिंजरलाई पुरस्कार दिइएकोमा असन्तुष्टि व्यक्त गर्दै तत्कालीन छनोट समितका दुई सदस्यले राजीनामा दिएका थिए । अमेरिकी पत्रीका न्यूयोर्क टाइम्सले किसिंजरलाई नोबेलका लागि छनोट गरिएकोप्रति आलोचना गर्दै ‘नोबेल वार प्राइज’ भनेर व्यंग्य गरेको थियो ।

अबी अहमद ९सन् २०१९०

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सन् २०१९ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । इरिट्रियासँगको दशकौँ पुरानो सीमा विवाद सुल्झाउने प्रयासका लागि उनलाई नोबेल पुरस्कार दिइएको थियो ।

तर, पुरस्कार दिएको वर्षदिन नबित्दै हतारको निर्णय भनेर नोबेल समितिको आलोचना भयो । किनभने प्रधानमन्त्री अहमदले नोबेल पुरस्कार पाएको केही समयपछि नै देशको टिग्रे क्षेत्रमा सैन्य कारबाही अभियान चलाएका थिए । प्रधानमन्त्री टिग्रको उक्त निर्णयपछि इथोपियामा गृहयुद्ध निम्तिएको भन्दै पुरस्कारको आलोचना भएको थियो ।

इथोपियाको गृहयुद्धमा हजारौं मानिसको मृत्यु हुनुका साथै लाखौं भोकमरीको सिकार भएका थिए । चरम हिंसाका कारण देशमा औषधि अभाव लगायतका मानवीय संकट उत्पन्न भयो । क्रुर शासकलाई हतारमा शान्ति पुरस्कार दिइएको भनेर विश्वभर नै आलोचना भएको थियो ।

आङ सान सूची ९सन् १९९१०

म्यानमारमा सैन्य शासनविरुद्धको अहिंसात्मक आन्दोलनका लागि नेतृ आङ सान सूचीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिइयो ।

तर, शान्ति पुरस्कार पाएको २० वर्ष पछि सूची समेत आलोचित भइन् । म्यानमारमा रोहिंग्या समूदायका मुस्लिम माथि चरम दमन हुँदा समेत आवाज नउठाएको भन्दै नोबेल विजेता सूचीको आलोचना भयो ।

रोहिंग्याविरुद्ध त्यहाँको सैनिक सरकारले बर्बरतापूर्वक आक्रमण गर्दै घरहरु जलाएका घटना सार्वजनिक भएका थिए । सो क्रममा धेरै रोहिंग्याहरु भागेर बंग्लादेश पुगेका थिए ।

देशभित्र सेनाले रोहिंग्याविरुद्ध गरेको दमनका बेला चुप बसेको आरोप सूचीमाथि लागेको थियो ।

संयुक्त राष्ट्रसंघले म्यानमार रोहिंग्याविरुद्धको दमनलाई ‘नरसंहार’को संज्ञा दिएको थियो सूचीलाई दिएको नोबेल पुरस्कार फिर्ता लिनुपर्ने भन्दै त्यतिबेला विश्वभरबाट चर्को आलोचना भएको थियो ।

यद्यपी नोबेल समितिले नियमअनुसार भन्दै व्यक्ति विशेषलाई दिइसकेको पुरस्कार फिर्ता लिने गरेको छैन ।

वंगारी मथाई ९सन् २००४०

केन्याकी वंगारी मथाई नोबेल शान्ति पुरस्कार पाउने पहिलो अफ्रिकी महिला हुन् । उनलाई सन् २००४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

बायोलोजिस्ट वंगारी मथाईलाई ‘ग्रीन बेल्ट मुभमेन्ट’ नामक अभियान अन्तर्गत उनले स्थापना गरेको गैर सरकारी संगठनको योगदानको कदरस्वरुप शान्ति पुरस्कार प्रदान गरियो ।

अभियानअन्तर्गत लाखौँ वृक्षारोपण गरेको प्रशंसा बटुेलेकी मथाईले पछि एचआईभी एड्सका बारेमा गरेको टीप्पणीले उनले पाएको शान्ति पुरस्कारको आलोचना भयो ।

मथाईले एचआईभी एड्स भाइरस काला जातीका विरुद्ध बनाइको जैविक अस्त्र भनेर टीप्पणी गरेकी थिइन्, जसको कुनै वैज्ञानिक आधार छैन । सो कारण उनले पाएको पुरस्कारको आलोचना भयो ।

गान्धीले पाएनन् नोबेल शान्ति पुरस्कार

शान्ति कायम गर्न भूमिका खेलेको आधारमा दिइने पुरस्कार महात्मा गान्धीलाई नदिइनु भने सबभन्दा ठूलो ‘भूल’ मानिने गरेको छ ।

२०औं सताब्दीका बेला महात्मा गान्धीलाई नोबेल शान्ति पुरस्कार नदिइनु नोबेल इतिहासको सबैभन्दा ठूलो गल्तीका रुपमा लिइन्छ । पाँच पटक छनोट भएपनि गान्धीलाई नोबेल समितिले शान्ति पुरस्कार दिएन ।

सन् २००६ मा नोबेल समितिका तत्कालीन अध्यक्ष रहेका गेयर लुन्डेस्टाडले त्यसलाई ‘सबैभन्दा ठूलो भूल’ भनेका थिए ।

समग्रमा नोबेल पुरस्कारले विभिन्न समयमा राजनीतिक प्रभाव र विवादास्पद निर्णयका कारण आलोचना खेप्दै आएको छ ।

जस कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पाइहालेपनि उनी पनि निर्विवादित रहने छैनन् । (बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group