काठमाडौं, १८ चैत । नेपालमा अवैध रुपमा बसेको आरोपमा पक्राउ परेका एक अमेरिकन नागरिकले वीर अस्पतालको ट्रमा सेन्टरबाट हाम फालेर आत्महत्या गरेका छन्। जोन पारमाक नाम गरेका अमेरिकन नागरिकले आइतबार साँझ आत्महत्या गरेका हुन्।
अवैध रुपमा बस्दै आएको आरोपमा उनलाई एक साताअघि पर्यटन प्रहरीले पक्राउ गरेको थियो। अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरिरहेको थियो। अध्यागमन विभाग हिरासतमै उनले बिहिबार ब्लेडले घाँटी काँटेर आत्महत्या प्रयास गरेका थिए।
सो घटनापछि उपचारका लागि उनलाई वीर अस्पताल लगिएको थियो। प्रहरीलाई झुक्याएर उनले ट्रमा सेन्टरको छैंठौं तलाबाट हाम फालेको प्रहरीले जनाएको छ।
ट्रमा सेन्टरको छैंटौं तल्लाबाट हाम फालेका जोनको मृत्यु भएको महानगरीइ प्रहरी प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले बताए।
जोन लागूऔषध दुव्र्यसनी थिए । उनीसँग पासपोर्ट र भिसा नभएको खुलेपछि पर्यटन प्रहरीले गत साता पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्