काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा पार्टी एकता हुने बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । वरिष्ठ पत्रकार कमल कोइरालालाई सोमबार मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गर्दै प्रधानमन्त्री ओलीले तुरुन्तै पार्टी एकताबद्ध हुने दोहोर्याए।
‘हल्ला चल्न सक्छ, हल्लाको पछाडि नलाग्नुस्’,प्रधानमन्त्री ओलीले भने, ‘उपयुक्त ढंगले उपयुक्त समयमा पार्टी एकता हुन्छ।’
प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वको विषयमा अघि बढेको र पुँजी परिचालन गर्दै विदेशी लगानी भित्र्याउने पनि बताए। ‘राजनीतिक संक्रमणकाल सकिएको छ, सामाजिक संक्रमणकालको समयतर्फ देश जाँदैछु,’ उनले भने।
प्रधानमन्त्रीले नयाँ सरकारसँग नडराउन आग्रहसमेत गरे। ‘कसैको खोस्ने भनिएको छैनु,’ उनले भने, ‘गरिबलाई पनि धनी बनाउने भनिएको हो।’
सम्मान कार्यक्रममा बोल्दै कोइरालाले पत्रकारिता ठूलो र राम्रो पेसा भएको भन्दै आफ्नो पाएको ५१ हजार राशीको पुरस्कार रकम बाराका स्वर्गीय पत्रकार वीरेन्द्र साहकी श्रीमती उम्रावती देवी साहलाई दिने बताए।
प्रतिक्रिया दिनुहोस्