रौतहट, १९ चैत । रौतहटमा आईतबार तीन जना ट्राफिक प्रहरीले एक जना ट्रक चालक लाई मरणासन्न हुने गरी कुटपिट गरेका छन । राजमार्ग किनारमा ट्रक रोकेको भन्दै ट्राफिक प्रहरी हवल्दार नन्दु दास, ट्राफिक प्रहरी सरोज खरेल र राजेन्द्र चौधरीले ना ४ ख ४६३० नम्बरको ट्रकका चालक गोपाल भनिने गीर्बाण महत लाई निर्घात कुटपिट गरेका छन ।
ट्राफिक प्रहरीको कुटाई बाट निर्घात घाईते भएका महतको उपचार चन्द्रपुर अस्पतालमा भैरहेको छ । कुटपिट गर्ने तीनै जना जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत रहेका छन । कुटपिटको बीरोधमा सबारी साधनका मजदुरहरुले पुर्बपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा चक्काजाम गरेका छन ।
चक्कजाम खुलाउन प्रहरीले बल प्रयोग गरेपनि राजमार्गको चक्काजाम खुल्न सकेको छैन । घाईते महत भन्छन ट्रक बिग्रीएपछि चन्द्रनिगाहपुरको बरनवाल आयल स्टोर्स नजिक रोकेर मर्मत गराउदै थिए । त्यतिनै बेला आएका ट्राफिक प्रहरीले एक्कासी कुटपिट गर्न थाले ।
ट्राफिक प्रहरीले एकोहोरो कुटपिट गर्न थालेपछि भागेर नजिकैको ड्रागन होटलमा लुक्न गएपनि त्यहा बाट निकालेर कम्मर लगायतका स्थानमा कुटपिट गरेका हुन । मलाई कुटेको देखेर एकत्रित भएका स्थानीयले छुटयाएपछि अहिले एकैपल्ट अस्पतालमको बेडमा आफैले आफैलाई पाएको छु ।
महतले भने कानुनी राज्य, बिधिको शासन र मानबअधिकारको सुनिश्चिता भएको हाम्रो देशमा मजदुरी गरेर जीबिकोपार्जन गर्दै आएको म जस्ता श्रमजीबिले बिनाकारण कुटाई खानु पर्दा दुख लागेको छ ।
प्रतिक्रिया दिनुहोस्