ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड, २० जनाको मृत्यु


abc news
३२ असार २०८२, बुधबार   ५ : २४   बजे

काठमाडौ ३२ असार । दक्षिण गाजामा रहेको एक सहायता वितरण केन्द्रमा ठूलो भिड र अव्यवस्थित परिस्थितिका बीच खानेकुरा लिने प्रयास गर्ने क्रममा २० जनाको ज्यान गएको छ ।

अमेरिका र इजरायल समर्थित गाजा मानवीय सहायता केन्द्र जीएचएफ का अनुसार तीमध्ये १९ जनाको मृत्यु भीडमा किचिएर भएको हो भने एक जनाको छुरा प्रहारबाट हत्या भएको हो ।

यो घटना खान युनुस क्षेत्रमा जीएचएफ नजिक भएको जनाइएको छ ।

यसअघि खान युनुसको नासेर अस्पतालले १० जनाको शव प्राप्त गरेको जनाएको थियो। जीएचएफको सहायता केन्द्रलाई अमेरिकी निजी सुरक्षाकर्मीहरूले बन्द गरेपछि त्यहाँ भागदौड मच्चिएको थियो ।

जीएचएफले मे महिनाको अन्त्यदेखि सहायता सामग्री वितरणको काम थालेको हो । त्यसयता लगभग प्रत्येक दिन सहायता लिन खोज्दा प्यालेस्टिनीहरूको मृत्युको खबरहरू आइरहेका छन् ।

प्रत्यक्षदर्शीहरूले धेरैजसो मानिसहरूलाई इजरायली सुरक्षाकर्मीहरूले गोली प्रहार गरेर मारिरहेका बताउने गरेका छन् ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले मंगलबार उल्लेख गरेअनुसार पछिल्ला छ हप्तामा जीएचएफका दक्षिण र मध्य गाजामा रहेका चारवटा सहायता केन्द्र वरिपरि ६७४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu