ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली सरकारले राष्ट्रियसभामा गुमायो बहुमत


abc news
३२ असार २०८२, बुधबार   ५ : ४५   बजे

काठमाडौ ३२ असार । नेपाली कांग्रेस(नेकपा एमालेसहितको वर्तमान गठबन्धन सरकारको बहुमत राष्ट्रिय सभाबाट गुमेको छ। राष्ट्रिय सभामा ३ सांसद रहेको जनता समाजवादी पार्टी, नेपालले आज बुधबार समर्थन फिर्ता लिएसँगै सत्तापक्षले राष्ट्रिय सभाबाट बहुमत गुमाएको हो।

५९ सदस्यीय राष्ट्रियसभामा बहुमत हुनका लागि ३० सदस्य आवश्यक पर्छ। तर, जसपा नेपालले समर्थन फिर्ता लिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबाट अध्यक्षसहित १८, नेकपा एकीकृत समाजवादी पार्टीका ८ सदस्य छन्। मनोनीत कोटाबाट नियुक्त भएका वामदेव गौतम पनि हालै एकीकृत समाजवादीमा खुलेका छन्। योसँगै राष्ट्रियसभामा एकीकृत समाजवादीको सदस्य संख्या ९ पुगेको छ।

१ सदस्य रहेको राष्ट्रिय जनमोर्चा पनि प्रतिपक्षमै छ। अब प्रतिपक्षमा ३१ र नेपाली कांग्रेसबाट १६, नेकपा एमालेबाट १० र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ र १ मनोनित गरी २८ जना सदस्य रहेका छन्।

राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेसँगै प्रतिनिधिसभाबाट पास भएर गएका र राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयकहरू पास हुन कठिन हुनेछ। केही महत्त्वपूर्ण विधेयकहरू अलपत्र पर्ने देखिन्छ। यद्यपि सरकारले अध्यादेशमार्फत कारबाही अघि बढाउन भने सक्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group