ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यार्सा संडकलन गर्न लेकतिर मानिस, बर्षेनी यार्सा उत्पादनमा कमी


admin
१९ चैत्र २०७४, सोमबार   ५ : ०१   बजे

बझाङ , १९ चैत । जिल्लाको आम्दानीको मुख्य स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा सङकलन गर्न संङकलकहरु लेकतिर जान शुरु गरेका छन ।

गत बर्ष झै यसबर्ष पनि यार्साको सिजन आउँन थालेपछि बझाङका यार्सा संङलकहरु पनि यार्सा संङकलन गर्न लेकतिर जान शुरु गरेका हुन ।

जिल्लाको उच्च हिमाली भेगतिर पाइने यार्सागुम्बा संङकलन गर्न स्कूल पढ्ने स-साना बालबालिका देखि बृद्घहरु समेत लेकतिर जाने गरेको सुर्मा गाँउपालीकाका खडक वोहराले बताए ।
प्रत्येक बर्ष यार्सा संङकलकहरु चैत्र महिनाको अन्तिमतिर यार्सा संङकलन गर्न गएर असार महिनामा घर फर्किने गरेको यार्सा संङकलक लाल बहादुर बोहराले बताए ।

जिल्लको उत्तरी भेगका गाउँपालीका बासीन्दाहरुको यार्सा नै आम्दानीको मुख्य स्रोत भएकाले ग्रामिण भेगका विद्यालय पढ्ने विद्यार्थीहरु पनि यार्सा सङकलन गर्न लेकतिर जाने भएकाले धेरैजसो विद्यालयहरु ३ महिना सम्म बन्द हुने गरेका छन ।

बझाङमा बर्षेनी यार्सा उत्पादनमा कमी

बहुमुल्य जडिबुटी यार्सा उत्पादनका लागी राम्रो मानिएको बझाङ जिल्ला पछिल्ला वर्षमा यार्सा उत्पादनमा कमी भएको छ ।

यार्सा उत्पादन कम हुदै गएपछि संकलकहरुले पनि यार्सा कम पाउने हुदाँ जिल्लाको आर्थिक आम्दानीमा समेत ह्रास आएको छ । गएको ८ वर्ष बाट बझाङको् हिमाली क्षेत्रमा यार्सा संकलन गर्न थालिएको हो ।

हाल सम्मको संकलनको परिमाण हेर्दा २०७० सालमा सवै भन्दा बढी ३ क्विन्टल ७२ केजी संकलन भएको थियो । २०७० साल सम्म यार्सा संकलनको परिमाण बर्षेनी बढ्दै आएपनि पछिल्ला तिन वर्षयता भने लगातार यार्सा संकलन कम हुदै गएको छ ।

गतवर्ष ३ क्विन्टल ३८ किलो संकलन भएको यार्सा यसवर्ष २ क्युन्टल ३७ किलोमा झरेको छ । यार्सा वाट मात्र जिल्ला बन कार्यालयले ६० देखी ८० लाख सम्म राजश्व संकलन गदै आएको छ ।
पछिल्लो तिन वर्षयता लगातार यार्सा संकलन घट्दै गएको छ जिल्ला बन कार्यालयका कर्मचारीहरुको भनाइ छ ।

यार्सा उत्पादनको बृद्धि संगै मुल्यमा पनि प्रतिकेजी २२ लाख सम्म पुगेको यार्साको मुल्य गत विगत वर्ष झरेर १०।१२ लाख र यो वर्ष १६ लाखमा खरिद भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महिला बास्केटबलमा घृणास्पद कार्य: खेलाडीमाथि यौनजन्य खेलौना प्रहार

प्रधानमन्त्री बालेनले आज ११ सांसदका प्रश्नको जवाफ दिँदै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu