ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको अर्थतन्त्र र बाणिज्य क्षेत्रमा योगदान पुर्‍याएका व्यवसायी सम्मानित


abc news
१ श्रावण २०८२, बिहिबार   १० : ४५   बजे

काठमाडौ १ साउन । देशकोे अर्थतन्त्र र वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न विधाका उद्योगी तथा व्यवसायीलाई ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति’ सीआईपी बाट सम्मानित गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो एक कार्यक्रमकाबीच उद्योगी व्यवसायीलाई सम्मान गरेको हो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताउनुभयो । मन्त्री भण्डारीले निजी क्षेत्रको योगदानलाई सम्मान गर्नु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो ।

मन्त्री भण्डारीले यो सम्मानले उद्योगी तथा व्यवसायीको मनोबल उच्च बनाउने र उनीहरूलाई निर्यात प्रवर्द्धनतर्फ थप सक्रिय बनाउने विश्वास व्यक्त गर्नुभयो ।

तेस्रो देशतर्फ सबैभन्दा बढी वस्तु निकासी गर्ने अग्रस्थानका पाँचवस्तुहरु प्रत्येकबाट एकरएक जनालाई सम्मानित गरिएको छ । जसमा ऊनी गलैँचातर्फ थर्ड आई इन्टरनेशनल, तयारी पोशाकतर्फ नेपाल फेशन प्राली, ऊनी फेल्टका सामानतर्फ नेशनल एक्सपोर्टस् प्राली, छुर्पीतर्फ मनराम हिमालयन हेण्डीक्राफ्ट प्रालि र पश्मिना वस्तुतर्फ ट्राइकोट इष्डष्ट्रिज प्रालीलाई सम्मान गरिएको हो ।

भारत बढी निर्यात गर्ने उत्कृष्ट तीन वटा संस्थाका रुपमा डाबर नेपाल लिमिटेड पहिलो, आरती स्ट्रिप्स दोस्रो र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड तेस्रो बढी निर्यात गर्ने संस्थाका रुपमा सम्मानित गरिएको छ ।

चीनतर्फको निर्यातका आधारमा छोमेन ट्रेडर्स पहिलो, फिन्जो सोनाम इन्टरप्राइजेज दोस्रो र अष्ठमङ्गल काठमाण्डौलाई तेस्रो बढी निर्यातकर्ताका रुपमा सम्मानित गरिएको छ ।

नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ताका रुपमा गिफ्टल्याण्ड इन्टरप्राइजेज प्रालिलाई सम्मानित गरिएको छ ।

कृषि क्षेत्रतर्फ नेपाल एभरेष्ट कार्डामम प्रडक्सन, जडीबुटी क्षेत्रतर्फ एबी हर्बल ट्रेडर्स एण्ड सप्लायर्स सम्मानित भएका छन् ।

निर्यात व्यापारमा कूल रकमका आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ताका रुपमा जनकपुर रिफाइनरिज, विप्रेषणतर्फ आइएमई लिमिटेड, पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल उद्योगी तथा व्यवसायीका रुपमा एभरेष्ट हस्पिटालिटी होटल लिमिटेडलाई सम्मानित गरिएको छ ।

तेस्रो देशतर्फ आर्थिक वर्ष २०७९र८० र २०८०र८१ मा एक अर्ब रुपैयाँ वा त्यो भन्दा बढी निकासी गर्ने उद्योग, संस्था, फर्म वा कम्पनीका रुपमा त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड, द साङ्ग्रिला कार्पेट एन्ड ह्याण्डीक्राफ्ट इन्डस्ट्री प्रालि र एभरेस्ट फेसन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group