ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज औद्योगिक क्षेत्रमा ठाउँ मात्रै ओगटेका ३ उद्योगलाई हटाउने तयारी


abc news
१ श्रावण २०८२, बिहिबार   १ : ५३   बजे

काठमाडौ १ साउन । सरकारले नेपालगन्ज औद्योगिक क्षेत्रमा ठाउँ मात्रै ओगटेका तीन उद्योगलाई हटाउने तयारी गरेको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड शाखा कार्यालय बाँकेले तीन उद्योगसँग भएको जगगा तथा भवन सम्झौता रद्द गर्ने तयारी गरेको हो।

तीन उद्योगहरुमा श्री अलनुर मेटल रोलिङ मिल्स, रोशन क्राफ्ट मेटल ई, श्री युरो ट्रेडिङ एन्ड ओभरसिज मेटल ई रहेका छन्। यी उद्योगमध्ये अलनुरले २०५५ मा तामा आल्मुनियमका भाँडा, रोशन क्राफ्ट र युरोले क्रमशः २०७० र २०७३ मा मेटलका भाँडा वर्तन उत्पादन गर्ने सम्झौता गरेका थिए।

अलनुरले औद्योगिक क्षेत्रमा ४०३ रोपनी, बाँकी दुईले क्रमशः १ र २ रोपनी जग्गा ओगटिरहेका छन्। अलनुरसँगको सम्झौताको म्याद सकिएको, बक्यौता रकम नबुझाएको र उद्योग पनि बन्द अवस्थामा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

त्यसैगरी रोशन क्राफ्टले पनि बक्यौता रकम बुझाएको छैन भने उद्योग बन्द अवस्थामा छ। अर्को युरो ट्रेडिङको अवस्था पनि उस्तै छ।

सोही कारण औद्योगिक क्षेत्रबाट तीनवटै उद्योग हटाउन लागिएको हो। यसका लाग औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड शाखा कार्यालय बाँकेले तीनवटै उद्योगको नाममा ३५ दिने सूचना निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group