ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलि रातिदेखि सोमवारसम्म देशभर ठूलो वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव


abc news
२ श्रावण २०८२, शुक्रबार   १ : ५५   बजे

काठमाडौ २ साउन । भोलि शनिवार मध्यरातदेखि पूर्वी तराई र पहाडी क्षेत्रहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पर्सि आइतवार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ ।

बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने सम्भावना रहेको मौसमविद् उपाध्यायको भनाइ छ । उहाँले अबको २र३ दिनको अवधिमा लामो दूरीको यात्रा नगर्नसमेत सुझाव दिनुभएको छ ।

मुख्यगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडक खण्डको यात्रा नगर्न उहाँको सुझाव छ । आज र भोलि तराईमा भने मौसम सुक्खा रहने मौसमविद्को भनाइ छ ।

आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका १र२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी सिन्धुपाञ्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोट, गोरखा, कास्की, पर्वत, बाग्लुङ, लमुजङ, स्याङ्जा, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, कालीकोट, अछाम, मुगु, जुम्ला, डोल्पा, दार्चुलामा पनि बाढीको मध्यम छ ।

बाढीको जोखिम भएका र आसापासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा संसदीय समिति तातियो, प्रमाण माग्न सरकारलाई निर्देशन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu