ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक दशकअघि ओली प्रधानमन्त्री हुँदा तय गरिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अधुरै


abc news
२ श्रावण २०८२, शुक्रबार   १ : ५७   बजे

काठमाडौ २ साउन । एक दशकअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तय गरिएको सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै रहेको छ ।

२०७१ सालमा तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले हरेक प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सार्नुभएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७२ सालमा सात वटै प्रदेशमा एकरएक वटा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय पनि गरेको थियो । ०७२ साल चैतमा सरकारले मोतीपुर औद्योगिक क्षेत्र, नौवस्ता औद्योगिक क्षेत्र र दैजी औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७३र७४ को बजेटमार्फत एक प्रदेश एक औद्योगिक क्षेत्रको नीति अवलम्बन गर्दै ठूला औद्योगिक क्षेत्र निर्माणको घोषणा गर्नुभयो ।

निर्णयानुसार तत्कालीन केपी ओली नेतृत्वको सरकारले कोशीमा झापाको दमक, मधेशमा सर्लाही, बागमतीको हेटौँडा र चितवनको शक्तिखोर, गण्डकीमा लेखनाथको पटनारी, लुम्बिनीमा बुटवलको मोतीपुर, कर्णालीमा सुर्खेत र जुम्ला तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको दैजीमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गर्‍यो ।

तर यो निर्णयको कार्यान्वयन अहिलेसम्म पनि अलपत्र छ । कतै जग्गा प्राप्ति मात्रै भएको छ भने कतै औद्योगिक क्षेत्र शिलान्यासमा सीमित छ । सातै प्रदेशमा औद्योगिक क्षेत्र सञ्चालनमा ल्याएर कम्तीमा १० लाखलाई प्रत्यक्ष र ३० लाख जनालाई अप्रत्यक्ष रोजगारी दिने योजना भए पनि कार्यान्वयन हुन सकेको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले झापाको दमकदेखि कञ्चनपुर दैजीसम्म सात वटै प्रदेशमा औद्योगिक क्षेत्र बनाउने योजना अघि बढ्न नसकेको र यसका लागि बजेट जुटाउन कठिन रहेको बताउनुभयो । उहाँका अनुसार एउटा औद्योगिक क्षेत्र बनाउन कम्तीमा १० अर्ब रुपैयाँ चाहिन्छ ।

सरकारले राजनीतिक लाभ एवम् लोकप्रियताका लागि औद्योगिक क्षेत्र घोषणा गरे पनि पर्याप्त बजेट र प्राथमिकता नदिँदा अपेक्षित काम हुन नसकेको जानकारहरूको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिमा संसदीय समिति तातियो, प्रमाण माग्न सरकारलाई निर्देशन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu