ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महासचिव पदको दुरुपयोग गरिनु हुँदैन- कर्ण थापा


abc news
२ श्रावण २०८२, शुक्रबार   २ : ४१   बजे

काठमाडौ २ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलले लेखेको स्टाटसप्रति आपत्ति जनाएका छन् ।

केन्द्रीय मुख्यालय च्यासलमा पत्रकारहरुसँग थापाले पार्टी विधानको व्यवस्थाप्रति छलफल भइरहेपनि निर्णय भइसके जस्तो प्रचार महासचिवबाट भएको बताए ।

‘महासचिवको स्टाटस गलत छ, किनभने छलफल भइरहेको विषय निर्णय जस्तो गरी भन्नुभएको छ,’ थापाले भने, ‘यसरी पदको दुरुपयोग गर्नु हुँदैन, पदको मर्यादा राख्नुपर्छ ।’

अध्यक्ष, महासचिव जस्तो पदमा रहेकाले कसैको पक्षमा लाग्न नमिल्ने उनको तर्क छ । ‘महासचिवलाई हामीले संस्था मानेका छौं, अध्यक्षलाई संस्था मानेका छौं, त्यो संस्था कसैको पक्षमा लाग्न मिल्दैन, अपब्याख्या गर्न पनि मिल्दैन,’ थापाले भने, ‘निर्णय भइसक्या छ भने आज छलफल किन गर्नु पर्यो त रु उहाँहरु दुई चार जना बसेर गरेको निर्णय मान्ने भन्ने जबजले मान्दैन ।’

महासचिव पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भइसकेको दाबी सहित स्टाटस लेखेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिवको स्टाटसलाई खण्डन गर्दै विधि निर्माणको बहसमा जुट्न आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group