ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा विधान बहस: महासचिव शंकर पोखरेललाई वरिष्ठ उपाध्यक्ष ईश्वरको ‘काउन्टर’


abc news
२ श्रावण २०८२, शुक्रबार   ४ : ३३   बजे

काठमाडौ २ साउन । नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको संशोधन मस्यौदा माथि गम्भीरताका साथ बहसमा भाग लिन पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पोलिटब्युरो सदस्यलाई बहसमा भाग लिने भनेका हुन्।

‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन ९मस्यौदा० माथि सचिवालयको बैठकमा गम्भीरताकासाथ छलफल गरियो। आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ। पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउनु हुनेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् महासचिव शंकर पोखरेललाई लक्ष्य गर्दै जबाफ दिएका हुन्।

शुक्रबार बिहानै महासचिव पोखरेलले एमालेमा नीति, विधि र नेतृत्वको टुंगो लागिसकेको बताएका थिए। र, सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यससम्बन्धी बहस सकिएको आसय व्यक्त गरेका थिए।

महासचिव पोखरेलले पार्टीमा विधि निर्माणको अन्योल अन्त्य भएको बताएका हुन्।

विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्न बस्न लागेको पोलिटब्युरो बैठकअगाडि उनले विधि निर्माणको प्रश्न हल भएको बताएका थिए।

‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन २०८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ,’ महासचिव पोखरेलले भनेका छन्।

एमालेको पोलिटब्युरोको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ।

बिहीबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद, कार्यकाल हटाउने, पदाधिकारीको संख्या १५ कायम गर्ने, केन्द्रीय कमिटीको संख्या २५१ सदस्यीय रहने प्रस्ताव सहमतिले पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group