ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोलि बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना, धेरै ठाउँमा ठूलो पानी पर्ने


abc news
३ श्रावण २०८२, शनिबार   ३ : ४४   बजे

काठमाडौ ३ साउन । भोलि बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार भोलि पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सी पश्चिम नेपालमा धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना समेत रहेको छ । बदली भने देशभर हुनेछ । तर यस पटक पनि मधेश प्रदेशमा भने ठूलो पानीको सम्भावना कम देखिएको मानन्धरले बताउनुभयो ।

हिजोसम्मको अवस्थामा मधेशमा समेत वर्षाको सम्भावना रहे पनि प्रणालीमा आएको फेरबदलले मधेशमा ठूलो वर्षाको सम्भावना कम हुँदै गएको र भइहालेमा पनि सिमित ठाउँमा मात्रै हुने उहाँको भनाइ छ ।

भोलि आइतवार र पर्सि सोमवार वर्षा भए पनि सोमवार राति वा मङ्गलवार बिहानदेखि नै वर्षा कम भएर मौसम खुल्ने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । मौसमविद् उज्जवल उपाध्यायका अनुसार बागमती, कोशी र गण्डकी जलाधारमा ठूलो वर्षाको सम्भावना छ । उहाँले भोलि र पर्सि खासगरी पृथ्वीराजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढखण्डमा सकेसम्म यात्रा नगर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu