ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा वाल स्ट्रिट जर्नल र पत्रकारविरुद्ध मानहानी मुद्दा दर्ता


abc news
३ श्रावण २०८२, शनिबार   ३ : ४६   बजे

काठमाडौ ३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्था वाल स्ट्रिट जर्नल, यसका मालिक रुपर्ट मर्डोक र दुई पत्रकारविरुद्ध मानहानी मुद्दा दायर गर्नुभएको छ । यो मुद्दा फ्लोरिडाको मियामीमा दायर गरिएको हो ।

मुद्दाको केन्द्रमा हालै प्रकाशित एउटा समाचार सामग्री रहेको छ । जसमा ट्रम्पले सन् २००३ मा विवादास्पद व्यक्ति जेफ्री एपस्टाइनलाई ५०औं जन्मदिनको अवसरमा लेखेको शुभकामना पत्र छ ।

ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले अदालतमा दायर गरेको मुद्दामा वाल स्ट्रिट जर्नलले तथ्यमाथि ध्यान नदिई द्वेषपूर्ण ढङ्गले लेख प्रकाशित गरेको दाबी छ ।

साथै समाचार प्रकाशित गर्नु अघि नै वाल स्ट्रिट जर्नललाई गलत तथ्य रहेको र प्रकाशित नगर्नु समेत भनिएको उल्लेख छ ।

एपस्टाइन बालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा जेल सजाय भोगेका व्यक्ति हुन् । उनीसँग अमेरिकी राष्ट्रपति ट्रम्पको विगतमा राम्रो सम्बन्ध रहेको र ५०औं जन्मदिनमा ट्रम्पले उनलाई पत्र लेखेको समाचार सामग्री वाल स्ट्रिट जर्नलले छापेको थियो ।

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एपस्टाइन सन् २००६ मा पहिलो पटक पक्राउ परेका थिए । अनि ट्रम्पको पहिलो कार्यकाल सन् २०१९ मा अर्को पटक पक्राउ परेका थिए । त्यसबेला उनले जेलभित्रै आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group