ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले पोलिटब्युरो बैठक, विधान संशोधन प्रस्तावमाथि ३२ जनाले राखे धारणा


abc news
३ श्रावण २०८२, शनिबार   ४ : ०३   बजे

काठमाडौ ३ साउन । नेकपा एमालेको शुक्रबारदेखि जारी पोलिटब्युरो बैठकमा नेताहरुले धारणा राख्नेक्रम दोस्रो दिन पनि निरन्तर चलिरहेको छ।

ललितपुरको च्यासलस्थित मुख्यालयमा बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिलेसम्म ३२ जनाले धारणा राखिसकेका छन्। ९९ सदस्यीय पोलिटब्युरो रहेकोमा १९ जना पदाधिकारीले सचिवालय बैठमा धारणा राखेका थिए।

त्यस्तै शुक्रबार ७ जनाले बोलेका थिए। सचिवालय बैठकमा समेत गरेर अहिलेसम्म ५८ जनाले धारणा राखिसकेका छन् भने ४१ जनाले अझै बोल्न बाँकी छ। यद्यपि, बाँकी सबैले धारणा राख्ने, नराख्ने निश्चित भइसकेको छैन।

सदस्यहरूले धारणा राखेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। बैठक आजै सकाउने तयारी छ।

विधान संशोधन प्रस्तावमा पार्टीको विधान ९२०७८ संशोधन० को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ।
त्यस्तै पदाधिकारी संख्या १५ जनासहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ।

संशोधन प्रस्ताव प्रस्तावलाई पोलिटब्युरोले संशोधन गर्छ या जस्ताको त्यस्तै पारित गर्छ भन्नेमा धेरैको चासो रहेको छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा आउने घोषणाले पनि यो विषयलाई अझै अर्थपूर्ण बनाएको हो।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu