ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ- मनीष झा


abc news
३ श्रावण २०८२, शनिबार   ४ : ०६   बजे

काठमाडौ ३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मनीष झाले आफ्नो पार्टी प्रदेशसभा खारेज गर्ने पक्षमा रहेको बताएका छन्।

प्रतिनिधि सभा सदस्यसमेत रहेका झाले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रदेश रहने तर प्रदेशसभा खारेज गर्ने रास्वपाको नीति रहेको बताए।

प्रदेश सभामा पुग्ने प्रदेशका स्थानीय तह बनाउने गरी आफूहरू अघि बढिरहेको उनले सुनाए। पालिकाका प्रतिनिधि पुगेर प्रदेश सभामा काम गर्ने व्यवस्था गर्ने उनको भनाइ छ।

‘प्रदेश रहन्छ तर हामी प्रदेशसभा खारेज गर्न चाहन्छौँ। त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह हुन्छ। पालिकाहरुको प्रतिनिधि पुगेर सभा गर्छन्’, उनले भने, ‘त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेसन झनै प्रभावकारी हुन्छ।’

रास्वपाले केन्द्रमा मन्त्रालयको संख्या २१ बाट १५ मा झार्ने योजनाअनुसार आफ्नो नीति अघि बढाइरहेको जानकारी पनि उनले दिए।

विभिन्न कालखण्डमा बनाइएका आयोग खारेज गर्ने पक्षमा रास्वपा रहेको उनले बताए।

‘११२ वटा आयोग, नियोग छन्। त्यो विभिन्न कालखण्डमा बनाइएका थिए’, उनले भने, ‘अहिले पनि त्यसको गाडी चल्ने, पदाधिकारी, कर्मचारी, अफिस खर्च छ। तर, त्यसको काम छैन। ११२ वटा आयोग बन्द गरिदिनेबित्तिकै हाम्रो वार्षिक दुईरचार अर्ब खर्च बच्नेछ।’

सांसद झाले नेपाली कांग्रेस र नेकपा एमालेका नेताका आफ्ना योजना, सिद्धान्त, रणनीति केही नभएको केवल रास्वपा नेतालाई जवाफ दिएर बस्ने काम गरिरहेको टिप्पणी पनि गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group