ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘इन्डिया’ गठबन्धनबाट बाहिरियो आप, के हो कांग्रेसँग असन्तुष्टिको कारण ?


abc news
३ श्रावण २०८२, शनिबार   ५ : ०३   बजे

काठमाडौ ३ साउन । आम आदमी पार्टी आप कांग्रेससँगको ‘इन्डिया’ गठबन्धनबाट बाहिरिएको छ । आपका राज्यसभा सांसद संजय सिंहले आप ‘इन्डिया’ गठबन्धनको हिस्सा नरहेको घोषणा गरेका हुन् ।

भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले कांग्रेसको भूमिकामाथि तीव्र असन्तोष प्रकट गरेका छन् र गठबन्धनलाई ‘बच्चाहरूको खेल होइन’ भन्दै प्रश्नसमेत उठाएका छन् ।

‘इन्डिया गठबन्धन बैठकबाट जुन निर्णय गर्न चाहन्छ, त्यो गरोस् । इन्डिया गठबन्धन कुनै बच्चाहरूको खेल होइन’, उनले भनेका छन्, ‘तपाईं नै भन्नुहोस्, लोकसभा चुनावपछि उनीहरूले कुनै बैठक गरेका छन् रु गठबन्धनलाई अघि बढाउने कुनै पहल गरेका छन् रु’

उनले कांग्रेसको नेतृत्वप्रति प्रश्न गर्दै थपे, ‘कहिले अखिलेश यादवविरुद्ध, कहिले उद्धव ठाकरेविरुद्ध, कहिले ममता बनर्जीविरुद्ध टिप्पणी हुन्छ । इन्डिया गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस हो । तर, कांग्रेसले नेतृत्वकारी भूमिका निर्वाह गर्‍यो त रु प्रश्न यही हो ।’

आज ९शनिबार०देखि सुरु हुने संसदको बर्खे अधिवेशनअघि इन्डिया गठबन्धनको बैठक बोलाइएको छ । तर, आपले उक्त बैठकमा सहभागी नहुने संकेत दिएको छ ।

यसअघि पनि ‘अपरेशन सिन्दूर’ विषयमा विशेष संसद सत्रको माग गर्ने विपक्षी दलहरूको कदमबाट आप अलग भएको थियो ।

के हो मतभेदको कारण रु

आम आदमी पार्टी सन् २०११ को अन्ना आन्दोलनबाट जन्मिएको दल हो, जसले आफ्नो छवि कांग्रेस र बीजेपी दुवैबाट समान दूरीमा राखेर ‘सफा राजनीति’ को रूपमा प्रस्तुत गरेको थियो। तर,२०२४ को लोकसभा चुनावअघि इन्डिया गठबन्धनमा सामेल भएपछि आपको यो ‘तटस्थ पहिचान’ कमजोर भएको विश्लेषकहरूको भनाइ छ।

२०२४ को लोकसभा चुनावमा अपेक्षित नतिजा नआएपछि आपको ठूलो गढ मानिने दिल्लीमा २०२५ को विधानसभा चुनावमा पार्टीलाई ठूलो धक्का लाग्यो । २०१५ र २०२० मा ६० भन्दा बढी सिट जित्ने आप यो वर्ष २२ सिटमा सीमित रह्यो । अरविन्द केजरीवाल, मनीष सिसोदिया र सत्येन्द्र जैनजस्ता ठूला नेताहरू पनि पराजित भए ।

आपले हारको दोष कांग्रेसलाई लगाएको छ भने कांग्रेसले आपको आरोपलाई नकार्दै आफूलाई स्वतन्त्र रूपमा चुनाव लड्ने अधिकार रहेको बताएको छ।

दिल्ली चुनावअघि भएको हरियाणा विधानसभा चुनावमा पनि आपले ८० भन्दा बढी सिटमा उम्मेदवार उठाएर शून्य परिणाम पायो ।

कांग्रेसले पनि हरियाणामा शक्ति प्रदर्शन गर्न खोज्दा बीजेपी फेरि सत्ता जोगाउन सफल भयो। यसले आप–कांग्रेसबीचको मतभेद थप चुलिएको विश्लेषकहरूको भनाइ छ ।

वरिष्ठ पत्रकार प्रमोद जोशी भन्छन्, ‘लोकसभा चुनावपछि नै आप अनौपचारिक रूपमा इन्डिया गठबन्धनबाट अलग भइसकेको थियो। संजय सिंहको अहिलेको बयान औपचारिक घोषणा मात्र हो।’

पत्रकार स्मिता गुप्ता भन्छिन्, ‘आप र कांग्रेसबीच वास्तविक सम्बन्ध कहिल्यै राम्रो थिएन। गठबन्धनको कारण उनीहरू सँगै आए मात्र। आप अहिले क्षेत्रीय राजनीति ९विशेषगरी पंजाब र दिल्ली० मा ध्यान दिन चाहन्छ।’

आपको नयाँ रणनीति

२०२७ मा हुने पंजाब विधानसभा चुनावमा आप र कांग्रेसबीच सीधा भिडन्त हुनेछ। दिल्लीमा हारपछि आपले हालै पंजाबको लुधियाना वेस्ट र गुजरातको विसावदर उप–चुनाव एक्लै जित्दै कांग्रेस र बीजेपी दुवैलाई चुनौती दिन सक्ने क्षमता देखाएको छ ।

विश्लेषकहरूको दाबी छ, ‘एक्लै लड्दा आप आफ्नो मतबैंक बलियो बनाउँदै स्वतन्त्र र विश्वासिलो विकल्पका रूपमा पुनःस्थापित हुन खोज्दैछ।’

कांग्रेसले भने संजय सिंहको टिप्पणीबारे औपचारिक प्रतिक्रिया नदिए पनि, पार्टी निकट नेताहरूले ‘आपको हार यसको आन्तरिक रणनीति र नेतृत्वको कमजोरीका कारण हो’ भन्ने तर्क राखेका छन् ।

(बीबीसी हिन्दीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group