ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजारमा २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार, ‘अड लट’ सुविधाले लगानी कर्तालाई सहज


abc news
४ श्रावण २०८२, आइतबार   ५ : १६   बजे

काठमाडौ ४ साउन । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढाव देखिएको शेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन शून्य दशमलव ३२ अङ्कले बढेर २ हजार ८ सय ७० दशमलव ९५ विन्दुमा पुगेको छ । दिउँसो १ बजेर ६ मिनेटमा नेप्से २ हजार ९ सय २२ दशमलव ३८ विन्दुसम्म पुगेको थियो ।

आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ३ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ ।

आज उन्नति सहकार्य लघुवित्त, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन समृद्धि फाइनान्स कम्पनीको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम उल्लेख्य बढेको छ । गएको बिहीवार १६ अर्ब ५९ करोडको कारोबार भएकोमा आज ३ सय १६ वटा कम्पनीका ५ करोड १६ लाख कित्ता शेयर २१ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम ११ महिनायताकै उच्च हो । यसअघि गएको भदौ २ गते २८ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले अड लट आदेशहरू आफ्नो वेबसाइटको मार्केट डेप्थमा देखिने व्यवस्था लागू गरेपछि १० कित्ताभन्दा कम शेयर किनबेच गर्न सहज भएको छ । अड लट आदेश वेबसाइटमा नदेखिँदा यसअघि ९ कित्ताभन्दा कम शेयर भएका लगानीकर्तालाई बिक्री गर्न समस्या हुने गरेको थियो ।

धितोपत्र कारोबार विनियमावली २०७५ अनुसार धितोपत्रको अङ्कित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, १०० रुपैयाँ भएमा १० कित्ता, र १००० रुपैयाँ भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ । त्योभन्दा कम परिमाणमा हुने कारोबारलाई अड लट भनिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu