ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खपत कम हुँदा पनि बिजुली बिल धेरै आएको व्यवसायीको गुनासो


abc news
५ श्रावण २०८२, सोमबार   १२ : ४०   बजे

काठमाडौ ५ साउन । विद्युतको खपत कम हुँदा पनि तुलनात्मकरुपमा बिलिङ धेरै आएको भन्दै रुपन्देहीका होटेल व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरण बुटवलमा ज्ञापनपत्र बुझाएका छन् ।

नेप्लिज होटेलियर्स एशोसिएसन एनएचए लुम्बिनीको एक टोलीले प्राधिकरणको बुटवल कार्यालय प्रमुख कपिलराज पाण्डेलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

व्यवसायीहरुले डिजिटल मिटर प्रयोगमा आएपछि अस्वभाविक रुपमा बिलिङ धेरै आएको गुनासो गरेका छन् ।

एशोसिएसनका अध्यक्ष प्रबिणबहादुर पाठकले डिजिटल मिटरको सट्टा भरपर्दो वैकल्पिक मिटर जडानको व्यवस्था गर्न, डिजिटल मिटर जडान पश्चात अस्वभाविकरुपमा बढेको युनिट तथा महशुल रकम समायोजन गर्न माग गरेका छन् ।

यस्तै होटल प्यानलबाट लिइएको युनिट र प्राविधिक हिसाबबाट लिइएको युनिटमा समानता सुनिश्चित गर्न तथा अघोषित लोडसेडिङ तत्काल अन्त्य गर्न माग गरेका छन् । लोडसेडिङ गर्ने भए तालिका सार्वजनिक गर्न पनि व्यवसायीको माग छ ।

दैनिक रूपमा बारम्बार लाइन जाने, भोल्टेज तल माथि हुने जस्ता कारणले गर्दा इलेक्ट्रिक उपकरणहरुमा खराबी र पूर्णरूपमा नष्ट हुने समस्या आउंदा ठूलो आर्थिक क्षति भोग्नुपरेको एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनले गुनासो गरे ।

‘जेठ महिनामा भन्दा असारमा होटेलको व्यवसाय आधा कम भएको हुंदा विद्युत खपत पनि स्वभाविक रुपमा कम हुनुपर्नेमा बिल झन् धेरै आउंदा डिजिटल मिटरप्रति विश्वस्त हुन सकिएन’, गौचनले भने, ‘डिजिटल मीटरको रिडिङमा अनुमानित र मनोमानी बिलिङ हुने आशंका गहिरो छ, यसमा स्वतन्त्र अध्ययन जरुरी छ ।’

व्यवसायिक प्रयोजनको मात्र नभई घरायसी प्रयोजनको विद्युत महसुल पनि असार महिनाको अघिल्लो महिनाको भन्दा दोब्बर तेब्बर आउने समस्या विगत वर्षदेखि नै रहेको तिलोत्तमा नगरपालिका–४ का बुद्धिजिवी यमलाल भुसाल बताउँछन् ।

व्यवसायीको ज्ञापनपत्र बुझेपछि कार्यालय प्रमुख कपिलराज पाण्डेले व्यवसायीका माग र समस्या सम्बोधनका लागि साउन महिनामा खपत हुने विद्युतको मात्रा बारे प्राधिकरण र व्यवसायी दुबैले तथ्यांक राखेर तुलना गरी समाधानको उपाय निकाल्ने बताए । त्यसबाट पनि चित्त नबुझे थप अध्ययन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu