ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदाता नामावली दर्ता धमाधम, तपाई छुट्नु भयो कि ?


admin
१६ श्रावण २०७४, सोमबार   ८ : ००   बजे

काठमाडौँ, १६ साउन । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार काठमाडौंमा यही साउन १ गतेदेखि १५ गतेसम्म १४ हजार ४८१ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराइसकेका छन् ।

नामावली दर्ता गराउनेमध्ये काठमाडौँबाहिरका मतदाता १० हजार ५८९ रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयका अनुसार हालसम्म नामावली दर्ता गराउनेमा पुरुषको संख्या आठ हजार २१, महिला छ हजार ४६२ र तेस्रो लिङ्गी एकजना छन् ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले सातै प्रदेशका ७४४ स्थानीय तहमा आजदेखि यही साउन ३२ गतेसम्म मतदाता नामावली दर्ता गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।

“फोटो खिचाउन स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाएका मतदाताको निकै भीड रहेको छ, यस्तो भीड हुन्छ भन्ने कुरा निर्वाचन आयोगले समेत सोचेको थिएन”, क्षेत्रीय निर्वाचन कार्यालय प्रमुख चन्द्रप्रसाद गौतमले बताउनुभयो ।


कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य प्रत्येक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले काठमाडौँ जिल्लामा मतदाता नामावली दर्ता गराउन काठमाडौंका काठमाडौँ महानगरपालिकासहित १० वटै नगरपालिकामा फोटोसहितको नामावली दर्ता गराउने व्यवस्था गरेको छ । काठमाडांैं महानगरपालिकाको हकमा भने राष्ट्रिय सभा गृह र जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा व्यवस्था गरिएको जानकारी क्षेत्रीय निर्वाचन प्रमुख गौतमले दिनुभयो ।

फोटोसहितको नामावली दर्ता गराउन आउने मतदातालाई सहज गराउन कुल ३१ वटा कम्प्यूटरको प्रयोग गरिएको छ । प्रमुख गौतमका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा ११ वटा, राष्ट्रिय सभागृहमा १० वटा र नगरपालिकाहरूमा एक एक वटा कम्प्यूटरको व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu