ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले काठमाडौँ अध्यक्षको आक्रोश, केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भोगेकै हो


abc news
७ श्रावण २०८२, बुधबार   १० : ३६   बजे

काठमाडौ ७ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीलाई पार्टीमा निषेध गर्ने निर्णय गरेपछि उनी पक्षधरले आक्रोश पोख्न थालेका छन्।

विद्या भण्डारीप्रति कठोर बन्दै केपी ओली, पार्टी सदस्यता नवीकरण लिए आफ्नो हातमा

यसै क्रममा एमालेको काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले भण्डारीकै श्रीमान् मदन भण्डारीलाई सम्झिएका छन्।

उनले पाँचौँ महाधिवेशनमा तत्कालीन एमाले महासचिव मदन भण्डारीलाई पनि बोल्न नदिएको उल्लेख गरेका हुन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘इतिहास साक्षी छ, पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न नदिएको, यसैगरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए।’

उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पनि पोखेका छन्।

उनले भनेका छन्, यसैगरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भोगेकै हो। केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन। यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो।

त्यस्तै एमालेकी केन्द्रीय सदस्य सरिता न्यौपानेले पनि यस विषयमा टिप्पणी गरेकी छन्।

उनले भनेकी छन्, ‘कसैकसैलाई लागेको होला आज उसलाई पो भनेको त? आफूलाई पर्दा थाहा होला१ गएर पिर बिसाउने ठाउँ पनि नपाउँदा।’

मंगलबार मध्यराति सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्कन निषेध गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group