ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदनपुत्रीको टिप्पणी: पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पुर्‍याउने रहेछन्


abc news
७ श्रावण २०८२, बुधबार   ४ : ०३   बजे

काठमाडौ ७ साउन । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी प्रवेशमा रोक लगाएपछि उनकी पुत्री उषाकिरण भण्डारीले दिक्दारी पोखेकी छन् । पार्टीको यो निर्णय र निर्णयमा पुग्न गरिएको तिगडम दुवैबाट आफू अचम्भित भने नबनेको उनको टिप्पणी छ ।

सामाजिक सञ्जलमा स्टाटस लेख्दै भण्डारीले आफ्नो भावना पोखरेकी हुन् । उनले लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ रु निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीँ अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।’

उनले आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेको सन्दर्भ पनि जोडेकी छन् ।

‘कस्तो संयोग १ मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवारले एमालेमा नैतिक समर्थन गर्न पनि देखिनेगरि प्रस्तुत हुँदैन, हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिनेगरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन् । र, नैतिक समर्थन खोज्दैनन् पनि ।’ भण्डारीले भनेकी छन् ।

यो ज्ञानको बोझ आज बिसाउने मौका यो प्रकरणले दिएको बताउँदै उनले यो प्रकरणलाई धन्यवाद दिएकी छन् ।

मदन भण्डारी फाउन्डेशनको अध्यक्ष समेत रहेकी उषाकिरणले मदनको हीरक जयन्ती समारोह गठनको बेला समेत पार्टी नेतृत्वबाट असहयोग भएको बताएकी छन् ।
विद्या भण्डारीको दृष्टिकोणबारे नेपाल प्रेसको समाचार शेयर गर्दै उनले भनेकी छन्– फाउण्डेशनले जन्मजयन्तीको योजना बनाउँदै र हीरक जयन्ती समिति गठन गर्दै गर्दा फाउन्डेसनले एमाले नेतृत्व विरुद्ध षड्यन्त्र गरिरहेको छ भन्ने कथन स्थापित गर्न खोजे र यसपालीको जन्मजयन्ती र हीरक जयन्ती कमिटी बनाउने प्रकृयालाई तेजबोध गर्ने प्रयास गरे। एमालेको तर्फबाट नोटिसमा लिनेहरू भन्नुहुन्छ कि,फाउन्डेसनलाई नेकपा एमाले र नेतृत्वलाई हानि पुर्‍याउन प्रयोग गरिएको छ । जबकि माओवादी पार्टीसँग पाटी एकता गर्दा जबजलाई अलग राख्न उहांहरु तयार हुनुभएको कुरा ईतिहासमा नोटिस् भइसक्यो । मलाई आश्चर्य छ कि उहांहरू बाघको मुखमा पाठो बन्न किन सहमत भएको अनि त्यसपछि एमालेमा हमला भइरहेको छ भनेर आफूलाईबाहेक अरू सबैलाई दोषी देखेको रु तर हृदयविदारक कुरा के हो भने यो नेतृत्वले नै फाउन्डेसन बनाएको हो र हामीलाई हस्तान्तरण गर्दा यसलाई राम्रो संग जबजका अनुसार काम गर्न गाइड र निर्देशन गरेको हो। अहिलेचाहीं हिरक जयन्ती मार्फत् जबज छलफललाई अझ वृहत् बनाउने भन्ने कुरामा पनि सशंकित रु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group