ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीमदत्त नगरले सेवा करार सम्झौता गर्न दिएको निर्देशनको विरोधमा शिक्षक


abc news
७ श्रावण २०८२, बुधबार   ४ : २४   बजे

काठमाडौ ७ साउन । भीमदत्त नगरपालिका सामुदायिक विद्यालयका अस्थायी शिक्षकहरु नगरपालिकाले सेवा करार सम्झौता गर्न दिएको निर्देशनको विरोधमा उत्रिएका छन्।

विद्यालयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षक, राहत अनुदान र बालविकास शिक्षक कोटामा कार्यरत शिक्षकहरुको करार नियुक्तिको म्याद थप र करार सम्झौता गर्न नगरपालिकाले दिएको निर्देशनको विरोधमा शिक्षकहरु उभिएका छन्।

उनीहरुले बुधबार नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरिदत्त जोशी र शिक्षा विकास तथा समन्वय इकाइ, कञ्चनपुरको ध्यानाकर्षण गराउँदै निर्देशन खारेज गर्न माग गरेका छन्।

भीमदत्त नगरपालिकाको शिक्षा शाखाले साउन ५ गते नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयलाई शिक्षकहरुको करार नियुक्ति म्याद थप र करार सम्झौता गर्न निर्देश जारी गरेको छ।

विद्यालयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत शिक्षक, राहत अनुदान र बालविकास शिक्षक कोटामा कार्यरत शिक्षकहरुको करार नियुक्तिको म्याद थप शिक्षा नियमावली २०५९ को नियम ९७ र नगरपालिका शिक्षा नियमावली २०७९ को नियम ५६ मा व्यवस्था भए बमोजिम करार नियुक्ति म्याद थप र करार सम्झौता गर्न नगरपालिकाले सामुदायिक विद्यालयलाई निर्देशन दिएको थियो।

विद्यमान ऐन नियममा स्पष्ट उल्लेख नभएको तथा यी सबै समस्यालाई सम्बोधन गर्ने गरी नयाँ शिक्षा ऐन निर्माणका क्रममा रहेकोले सुनियोजित तरिकाले उच्च मावि, राहत अनुदान, शिक्षक सिकाइ अनुदान, बालविकास शिक्षक एंवम् विद्यालय कर्मचारीहरुलाई करार नियुक्तिको म्याद थप तथा सेवा करार सम्झौताका नाममा शिक्षण पेशालाई नै मानमर्दन हुने गरी प्रताडित गर्ने तथा मानसिक तनाव दिने कार्य बन्द गर्न नेपाल शिक्षक महासंघ लगायत पेशागत शिक्षक संघ संगठनहरुले माग गरेका छन्।

माग सम्बोधन नगरी विभिन्न बहानामा शिक्षक तथा कर्मचारीहरुलाई शिक्षण पेशाप्रति वितृष्णा जगाउने, मनोबलमा आघात पुर्‍याउने बुँदा लेखेर करार सम्झौताका नाममा दुःख दिने कार्य नरोकेमा कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ।

नगरपालिकामा ध्यानाकर्षण गराउन गएका शिक्षकहरुले विरोधमा नगरपालिकाले जारी गरेको निर्देशन च्यातेका छन्। अस्थायी शिक्षकलाई आतंकित पार्ने काम भएको नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिका अध्यक्ष नविनसिंह धामीले आरोप लगाए।

‘२२ वर्षसम्म नवीकरण नगरी किन काममा लगाइयो। यो सरकार के हेरेर बसेको थियोरु आज आएर के आपत्ति आइलाग्यो, नविकरण नगरी नहुने भनि फरमान जारी भयोरु,’ उनले भने, ‘हामीलाई तत्कालीन प्रबन्धले काममा लगाएको होइनरु पेल्नका ऐन देखाउने, अधिकार दिँदा शिक्षक नै नगन्नेरु’

पहिलो पक्ष, दोस्रो पक्ष भनेर करारनामा गर्न लगाएर अपमानजनक कार्य गरेको भन्दै उनले आपत्ति जनाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group