ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिकका माग पूरा गर्न पहल गर्छु- प्रचण्ड


abc news
८ श्रावण २०८२, बिहिबार   ३ : १८   बजे

काठमाडौ ८ साउन । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ नागरिकका माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

आज आफ्नै निवास खुमलटारमा जेष्ठ राष्ट्रिय नागरिक महासंघका पदाधिकारीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

महासंघका प्रतिनिधिले प्रचण्डसँग जेष्ठ नागरिकसम्बन्धी विभिन्न माग राखेका छन्।

महासंघका पदाधिकारीहरूले अध्यक्ष प्रचण्डसँग यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेसहितका माग गरेका हुन्।

देशभरि दुई हजार पाँचसय भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको भन्दै महासंघले प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

उनीहरूलाई राज्यका सेवाबाट बञ्चित गरिएको भन्दै उनले यो समस्या समाधानको लागि नेतृत्व लिन पनि प्रचण्डलाई अनुरोध गरेको छ।

महासंघका माग गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले भने, ‘तपाईंहरूले उठाएका माग अत्यन्तै न्यायसंगत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु। यी माग पूरा गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित ६ जिल्लामा नदी किनारबाट टाढा रहन अमेरिकी दूतावासको आग्रह

रसुवाको बाढी–पहिरोमा ८२६ जना अझै सम्पर्कविहीन, १६५ शव फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu