ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजा युद्धविराम वार्ताबाट अमेरिका र इजरायल पछि हटे


abc news
९ श्रावण २०८२, शुक्रबार   ११ : ०२   बजे

काठमाडौ ९ साउन । कतारको राजधानी दोहामा गाजा युद्धविरामका लागि चलिरहेको बहुपक्षीय वार्ता अचानक सङ्कटमा परेको छ ।

अमेरिका र इजरायलले हमासको पछिल्लो प्रस्तावप्रति असन्तुष्टि जनाउँदै आफ्ना वार्ता टोलीहरू फिर्ता बोलाएका अल जजिराले जनाएको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकफले हिजो विज्ञप्ति निकालेर हमासले युद्धविराममा पुग्ने चाहना नै नदेखाएको आरोप लगाउँदै वार्ता छोट्याइएको घोषणा गर्नुभएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले समेत इजरायली वार्ता टोली फिर्ता बोलाइएको पुष्टि गरेको खबरमा उल्लेख छ ।

यता हमासले अमेरिकी आरोपप्रति आश्चर्य व्यक्त गर्दै आफू वार्ता जारी राख्न र स्थायी युद्धविरामतर्फ अघि बढ्न प्रतिबद्ध रहेको बताएको छ ।

हिजो नै हमासले कतार, इजिप्ट र अमेरिकाले तयार पारेको नयाँ युद्धविराम प्रस्तावमा आधिकारिक जवाफ दिएको थियो । यद्यपि, प्रस्तावको विवरण सार्वजनिक गरिएको छैन ।

अहिले छलफलमा रहेको प्रस्तावमा ६० दिने युद्धविराम अवधि, हमासद्वारा १० जीवित र १८ मृतक इजरायली बन्दीहरूको हस्तान्तरण, इजरायलद्वारा प्यालेस्टिनी बन्दीहरूको रिहाइ, र गाजामा मानवीय सहायता आपूर्तिको विस्तारको प्रावधान रहेको बताइएको छ । तर युद्धविरामपछि गाजाको राजनीतिक तथा सुरक्षा व्यवस्थाबारे गहिरो असहमति देखिएको छ ।

इजरायलले युद्धपछि गाजामा दीर्घकालीन सैन्य उपस्थिति राख्ने र हमासको पूर्ण अन्त्य गर्ने लक्ष्य राखेको बुझिएको छ ।

केही दिनअघि इजरायली रक्षा मन्त्री इजरायल काट्जले गाजामा एउटा मानवीय शहर निर्माण गरी प्यालेस्टिनीहरूको जबरजस्ती स्थानान्तरणको योजना अघि सार्नुभएको थियो । त्यसलाई अन्तर्राष्ट्रिय कानून विपरीतको कदम भन्दै व्यापक आलोचना भएको छ ।

युद्धका कारण गाजामा गम्भीर मानवीय सङ्कट उत्पन्न भएको छ । हमासको आक्रमणपछि शुरू भएको इजरायली कारबाहीमा अहिलेसम्म करिब ६० हजार प्यालेस्टिनीको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu