ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा सदस्यता नवीकरण रोकिएपछि नयाँ रणनीति सार्वजनिक गर्दै विद्या भण्डारी


abc news
९ श्रावण २०८२, शुक्रबार   ११ : ३६   बजे

काठमाडौ ९ साउन । नेकपा एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ रणनीति बनाउने तयारी गरेकी छन्।

त्यसकै तयारीस्वरुप शुक्रबार दिउँसो भण्डारीले काठमाडौँको बबरमहलस्थित कार्की ब्यंक्टेटमा पत्रकार सम्मेलन गर्दैछिन्।

पत्रकार सम्मेलन गरेर भण्डारीले आफ्नो रणनीति सार्वजनिक गर्न लागेकी हुन्।

भण्डारी पक्षीय नेताहरूका अनुसार अब उनले देश दौडाहा थाल्नेछिन्। त्यसैगिर एमालेका विधान महाधिवेशन प्रतिनिधिसँग पनि उनले छलफल र भेटघाट गर्ने तयारी छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि भण्डारीले शुक्रबारदेखि नै पार्टी गतिविधिमा सक्रिय भएको सन्देश दिन लागेकी हुन्।

‘एमालेमा मेरो योगदान छ। नेता(कार्यकर्ताले न्याय गर्नुहुनेछ भन्ने उहाँको विश्वास छ,’ भण्डारीलाई भेटेका एक एमाले नेताले भने, ‘अब उहाँ राष्ट्रिय महाधिवेशनसम्म पर्ख र हेरको नीतिमा रहेर देशभर पुग्नुहुनेछ।’

ती नेताका अनुसार अहिलेको लागि भण्डारी कार्यकर्तासँगको भेटघाटमा केन्द्रित हुनेछिन्।

पार्टी सदस्यता नवीकरण भइसकेको रोक्ने निर्णयको राजनीतिक रुपमै जवाफ दिने योजना भण्डारीको छ।

‘आफूलाई सदस्यताविहीन बनाउने कदमले अन्तरपार्टी संघर्ष निम्त्याएको उहाँको बुझाइ छ। यसको समाधान राजनीतिक तबरले नै दिनुपर्छ भन्ने छ,’ ती नेताले भने, ‘अब उहाँ जिल्ला दौडाहामा निस्कनु हुन्छ। सबै जिल्ला पुग्ने चाहना उहाँमा देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group