काठमाडौं, २० चैत । काठमाडौं बानेश्वरस्थित स्पोट लाइन ओभरसिजमा प्रहरीले छापा मारेको छ। बाराका श्रीनारायण चौधरीले सेक्युरिटीमा विदेश पठाइदिने भन्दै नपठाएको उजुरी दिएपछि महानगरीय प्रहरी अपराध महाशाखा टेकू्ले छापा मारेको हो।
प्रहरीले स्पोट लाइन ओभरसिजका सञ्चालक जेपी सापकोटालाई पक्राउ गरेको छ। त्यस्तै म्यानपावरबाट ६ थान पासपोर्ट बरामद भएको छ भने वैदेशिक रोगजार विभागको स्वीकृति बिनै कारोबार गरेको कागजात फेला पारेको छ।
सापकोटाले चौधरीलाई सेक्युरिटी गार्डमा माल्दिभ्स पठाइदिने ३ लाख ५० हजार लिएको पटक पटक तागेता गर्दा नपठाएको प्रहरी निरीक्षक सत्य थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्