ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्मेवारी बाँडफाँटले चुलियो वाईसीएलमा विवाद


abc news
९ श्रावण २०८२, शुक्रबार   १ : ४९   बजे

काठमाडौ ९ साउन । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग –वाईसीएल अध्यक्ष पुष्प ओलीले आफूखुसी सर्कुलर गरेको भन्दै विवाद देखिएको छ ।

तीन दिन अघि गरिएको सर्कुलरलाई लिएर उपाध्यक्ष नवराज ऐरसहित आठ जनाले संगठनात्मक जिम्मेवारी बाँडफाँटप्रति आपत्ति जनाएका हुन् । असन्तुष्टि राख्नेहरूमा अधिकांश पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका छन् ।

संगठनको बैठकमा लिखित असहमति राखेको ऐरले बताए ।

‘जिम्मेवारी बाँडफाँट गर्दा आफ्ना खल्तीका मान्छेलाई बनाउने उद्देश्यले विधिलाई तोडतोड गरिएको’ असन्तुष्ट पक्षको असहमतिमा भनिएको छ । वाईसीएलका ईञ्चार्ज रामप्रसाद सापकोटा र अध्यक्ष ओलीले संगठनभित्र चरम व्यक्तिवादी प्रवृत्ति विकास गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ । जिम्मेवारी दिँदा योग्य, सक्षम, समर्पित र सिनियर कार्यकर्तालाई बेवास्ता गरेर आफू नजिकका व्यक्तिलाई अवसर दिइएको असन्तुष्ट पक्षको भनाइ छ ।

विधान सम्मेलन छिटो गर्नुपर्ने र जिम्मेवारी बाँडफाँटमा भएको विभेद सच्याइनुपर्ने असन्तुष्ट पक्षको माग छ । कार्यालय सचिवलाई विना पारिश्रमिक हटाइएको निर्णय सच्याउन माग गरिएको छ । कार्यालय सचिव सीता नेपाली शान्ति प्रक्रियादेखि नै कार्यरत थिइन् । उनले पारिश्रमिक बापत १४ लाख रुपैयाँ पाउनुपर्ने असन्तुष्ट पक्षका नेताहरूको दाबी छ ।

प्रदेश तहमा कार्यविभाजन सकेपछि प्रदेशको सिफारिसमा जिल्ला इन्चार्जको कार्यविभाजन गर्ने पूर्व सहमतिलाई लत्याउने कार्य भएको ऐरले बताए । ⁠सचिवालय गठन समेत प्रदेशकै सिफारिस आधारमा कार्यालय बैठकबाट टुंग्याउने भनिएपनि त्यस अनुसार नभएको असन्तुष्ट पक्षले जनाएको छ । ⁠केन्द्रिय कमिटीमा थपघट नगर्ने भनिएपनि आफूखुसी निर्णय गरेर थप्ने कार्य भएको जनाइएको छ ।

संगठनमा जिम्मेवारी प्रदान गर्दा एक पक्षीय गरिएको भन्दै असन्तुष्ट पक्षका संगठनका नेताहरूले सामाजिक सञ्जालमा स्टाटस लेखेर इञ्चार्ज दीपशिखाप्रति खनिएका छन् ।

वाईसीएलका उप महासचिव सुरज खातीले केन्द्रीय सदस्य र पदाधिकारी बनाउँदा पदहरू बेचेको गम्भीर आरोप लगाएका छन् ।

‘हजारमा केन्द्रीय सदस्य र लाखमा पदाधिकारी बेचेर गुजारा चलाउने हाम्रो वाईसीएलको अजिङ्गर बिदाइ नहुञ्जेल एउटा गुटेहरूको मात्रै संगठन बन्छ,’ खातीले लेखेका छन् ।

वाईसीएलका केन्द्रीय सदस्य अनिल शेर्पालीले ‘तपाईंको घरमा महँगो लेबल बोटल किनेर ल्याइदिन सकिन्नँ,’ भन्दै ईञ्चार्जलाई लक्षित गरेर स्टाटस लेखेका छन् । ‘तपाईंको प्रालिको सदस्य चाहिँ जसोतसो बन्नै पर्‍यो । त्यसको विकल्प छैन,’ शेर्पालीले लेखेका छन् ।

संगठनभित्र शत प्रतिशत सहमति भन्ने नहुने वाईसीएल इञ्चार्ज दीपशिखाले बताए । उनले भने, ‘कमिटीले गर्ने कुरा हो । यसमा मेरो भूमिका हुँदैन । पार्टीभित्र समस्या बनाउने एउटा पक्षले यहाँ पनि त्यस्तै व्यवहार देखाएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu