ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा जबज उत्तराधिकारीको अन्योल छ- प्रचण्ड


abc news
१० श्रावण २०८२, शनिबार   ३ : ४१   बजे

काठमाडौ १० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताधारी दुवै दल नेपाली कांग्रेस र नेकपा एमालेमा वैचारिक नेतृत्वको खडेरी रहेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँको सीतापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा उनले सत्ता रहेका दुवै दलको आलोचना गरेका हुन्।

यस क्रममा उनले विशेष गरी हाल एमालेमा देखिएको अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको टकराबलाई निसाना बनाए।

उनले भने, ‘एमालेभित्र वैचारिक संकट छ, जबजको उत्तराधिकारीको अन्योल छ।’

साथै प्रचण्डले एमाले अध्यक्ष ओलीले मदन भण्डारीविरुद्ध गरेका टिप्पणीलाई ‘वैचारिक दिशाहीनता’को संज्ञा दिए।

भण्डारीलाई एमालेमा निषेध गरेका अध्यक्ष ओलीले उनका श्रीमान्‌समेत रहेका तत्कालीन महासचिव मदन भण्डारीविरुद्ध चारवटा श्रीमती राखेकोदेखि सहकारी ठगी गरेसम्मका झुटा आरोप लागेको थियो भनेर टिप्पणी गरेका थिए।

अहिले एमालेमा भण्डारी र ओली पक्षबीच अन्तरद्वन्द्व छ।

एमालेका पूर्वउपाध्यक्ष भण्डारी आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उठ्ने अभियानमा छिन् भने एमाले केन्द्रीय कमिटी बैठकले भने उनको सदस्यता नै खारेज गर्दै राजनीति गर्न रोक लगाएको छ।

तर भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरी मदन भण्डारीले दिलाएको आफ्नो सदस्यता कसैले खारेज गर्न नसक्ने चेतावनी दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu