ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए पोल्यान्डको निर्वाचन आज, अध्यक्षमा रीता र भवीन्द्र भिड्दै


abc news
१० श्रावण २०८२, शनिबार   ३ : ४५   बजे

काठमाडौ १० साउन । गैरआवासीय नेपाली संघ एनआरएनए पोल्यान्डको २०२५–२०२७ को कार्यकालका लागि भवीन्द्र गाहा मगर भविन र रीता न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ।

आज २६ जुलाईमा आठौं राष्ट्रिय अधिवेशनअन्तर्गत निर्वाचन हुन लागेको हो।

अध्यक्षका प्रत्यासी मगरले जवाफदेहिता र पारदर्शितालाई आफ्नो मुख्य नारा बनाउँदै आफ्ना प्रतिबद्धताहरूका साथ केही दिनअघि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।

प्रत्यासी रीताले पनि आफ्नो उम्मेदवारी दर्ता गरेकी छन्। संस्थालाई समावेशी, सक्षम र सबल बनाउने आफ्नो चुनावी एजेन्डासहित उनी मैदानमा छिन्।

साथै कार्यसमिति सदस्य पदको पनि निर्वाचन हुने भएको छ। ५ सदस्य पदका लागि ७ जना प्रतिस्पर्धीबीच निर्वाचन हुन लागेको हो। नरेन्द्रसिंह थामी, सुनिता लावती, सरोज वस्ती, अम्बिका हाङबाङ, सन्दीप जिसी, आशिष श्रेष्ठ र विपिन पराजुली सदस्य पदका प्रत्यासी हुन्।

कार्यसमितिको अध्यक्ष र सदस्य पदमा निर्वाचन हुने भएको छ भने बाँकी पदमा एकल उम्मेदवारी परेको छ। महिला उपाध्यक्षको पदमा उम्मेदवारी नै परेको छैन।

निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आईसीसी० सदस्यमा आनन्द घिमिरे, प्रथम उपाध्यक्षमा पवन खड्का, उपाध्यक्षमा विवशहाङ राई, महासचिवमा उदयराज गिरी, सचिवमा विजय खरेल, कोषाध्यक्षमा युवराज बराल, महिला सचिवमा पदमा पाण्डे देवकोटाको एकल उम्मेदवारी परेको छ।

त्यसैगरी युवा संयोजकमा मनीषकुमार दाहाल, महिला संयोजकमा सुस्मिता थापा तुलाधर तथा लेखा समितिको संयोजकमा कुलबहादुर श्रेष्ठ, सचिवमा झकेन्द्र सापकोटा र सदस्यमा टंक कटुवालको एकल उम्मेदवारी परेको छ।

निर्वाचन समितिले आज पोल्यान्डको समयअनुसार दिउँसो ३ बजेदेखि राति १२ बजेसम्म मतदानका लागि समय तोकेको छ।

निर्वाचन सम्पन्न गर्नका लागि कवीन्द्र सुवेदी संयोजक, राम सुवेदी उपसंयोजक र सुसन परियार सदस्य सचिव तथा विकास दोङ, सन्तोष आचार्य ९समीप० सदस्य रहेको ५ सदस्यीय निर्वाचन समितिलाई जिम्मा दिइएको छ।

२०२३( २५ मा ५८४ जना पञ्जीकृत सदस्य रहेको एनआरएनए पोल्यान्डमा यसपटक ५५४ जना मात्र छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group