ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूलो परियोजनामा लगानी गर्न सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्रीको आग्रह


abc news
११ श्रावण २०८२, आइतबार   ३ : ४४   बजे

काठमाडौ ११ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन्।

आइतबार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन्।

करिब तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने बताए।

उनले लगभग सतप्रतिशत विद्युत पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको बताए। २४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे। त्यसका लागि ठूलो आयोजनामा लगानी गर्न उनले सुझाव पनि दिए।

उनले भने, ‘हामीलाई पनि दबाब छ, चुनौती छ, चाहना पनि छ सरकारको। २४ सै घण्टा विद्युत आपूर्ती गर्न सक्ने। हामीलाई आवश्यक पर्ने विद्युत् हामी आफूैं उत्पादन गरेर खपत् गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने। आजको आवश्यकतामा नयाँ खोजी के तरु यत्रो ठूलो समूदायको शक्ति नै भइसकेको हुँदा नयाँ खोजीतिर लाग्ने। विनको सम्भावना के छरु त्यसको अध्यन गर्ने, काम सुरु गर्ने। अर्थात् कुनै ठूलो आयोजना नै हामी मिलेर सञ्चालन गर्नसक्छौँ र लगानीको विषय पनि बन्छ।’

मन्त्री खड्काले देशको आवश्यकताअनुसार महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिए। पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघसँग उनको आग्रह थियो। सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काले बताए।

यस्तै, उनले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गरे। नेपाल सरकारले सोही विषयमा आग्रह गरिसकेको र प्राधिकरणले विज्ञप्ति नै प्रकाशित गरेर आग्रह गरेको स्मरण गराए। त्यस्ता सस्थालाई संस्थाको रोजगारी, लगानी, हिसावकिताव सबै प्राधिकरणको जिम्मा लगाउन उनको सुझाव छ।

उनले भने, ‘सामुदायिकीका साथीहरूले पनि आफ्नो दैनिकीमा परिवर्तन गर्न सक्नुपर्छ, लाग्नुपर्छ। हिजोको आवश्यकता थियो, त्यसमा सरकारले उच्च सम्मान गरेकै छ, अब त्यही कुरामा चल्न नसक्ने भयो भने रु धेरै साथीहरूलाई हामीले आग्रह गरेका छौँ। प्राधिकरणले पनि आग्रह गरेजस्तो लाग्छ नोटिस नै निकालेर। ज–जसले चलाउन सकिरहनुभएको छैन, उनहरूले प्राधिकरणलाई जिम्मा लगाउँदै जानुस्। के छ त्यहाँको हिसाव किताव रु के छ साथीहरूको रोजगारीका कुराहरू रु त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यतातिर लाग्नुपर्छ।’

कार्यक्रममा मन्त्री खड्काले सरकारको चाहना देशभित्रै आवश्यक विद्युत उत्पादन गरेर खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारको चाहनामा साथ दिन महासंघलाई आग्रह गरे।

नेपाल विद्युत उपभोक्ता महासंघमा देशभरका गरी करिब तीन सय संस्थाहरू आवद्ध छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘निःशुल्क भिसा–टिकट’ व्यवस्था पुनरावलोकन गर्दै सरकार, व्यावहारिक शुल्क तोक्ने तयारी

बिरामीको चाप बढ्यो, जनशक्ति अभावले स्याङ्जा प्रदेश अस्पताललाई चुनौती

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu