काठमाडौं, २० चैत । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनलाई पशुपति आर्यघाटमा छोरा यमन श्रेष्ठले दागबत्ती दिए।
उनको सोमबार राति पौने ११ बजे ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। ६७ वर्षीया सुवेदी क्यान्सर रोगबाट ग्रस्त थिइन्।
चलचित्र नगरीका हस्तीहरु उनलाई अन्तिम बिदाई दिन पुगेका थिए । मदनकृष्ण श्रेष्ठको आखाँबाट आशु बगिरहेको थियो भने त्यहाँ उपस्थित सबैको अनुहार भाव विह्वल देखिन्थ्यो…
प्रतिक्रिया दिनुहोस्