ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने


abc news
१२ श्रावण २०८२, सोमबार   २ : १९   बजे

काठमाडौ १२ साउन । संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा डा।सीके राउत नेतृत्वको जनमत पार्टी सहभागी नहुने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल ९जसपा०ले सोमबार बोलाएको बैठकमा जनमत सहभागी नहुने भएको हो ।

मधेश केन्द्रित सात दलको मोर्चाले बैठक आलोपालो आह्वान गर्दै आएका छन् । आजको बैठक जसपा नेपालले आह्वान गरेको छ । सिंहदरबारस्थित जसपा नेपालको संसदीय दलको कार्यालयमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । छलफलका एजेण्डाहरुमा मोर्चाको निर्धारित कार्यक्रम, कुमार लिङ्देन तथा केपी पालुङ्वाको पार्टीहरुसँग मोर्चाको सहकार्य र विविधि राखिएको छ ।

जनमतप्रति जसपा नेपालको व्यवहार, रुपन्देही(३ उपनिर्वाचन लगायतका कारणले मोर्चाको बैठकमा संलग्न नहुने अवस्था बनेको जनमतका नेताहरुले बताएका छन् । ‘मोर्चाप्रति हाम्रा केही चासोका विषय छन् । ती मुद्दाबारे पार्टीभित्र पनि छलफल गरेर कसरी अघि बढ्ने कुरा हुन्छ । मोर्चाको आजको बैठकमा जनमत सहभागी हुँदैन’, जनमतका प्रवक्ता डा।शरदसिंह यादवले भने ।

गत चैतमा गठन भएको मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group