काठमाडौं, २० चैत । कैलालीको घोडाघोडी नगरपालिकामा युवतीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने घटनामा संलग्न ६ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालतको आदेशमा उनीहरुलाई मंगलबार जेल चलान गरिएको हो ।
घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा २४ फागुनमा निर्घात कुटपिट भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।
पीडित राधा भने सेती अञ्चल अस्पतालमा स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्