ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुवै कार्यदलले बुझाए संयोजन समितिलाई मस्यौदा प्रतिवेदन


admin
२० चैत्र २०७४, मंगलबार   ६ : ०१   बजे

काठमाडौं, २० चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित पार्टी एकता संयोजन समितिको बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलका तर्फबाट तयार पारिएको मस्यौदा संयोजन समितिलाई हस्तान्तरण गरिएको छ ।

कार्यदको मस्यौदा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको  कार्यदल सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।

माधव कुमार नेपाल नेतृत्वको राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र रामबहादुर थापा बादल नेतृत्वको विधान मस्यौदा कार्यदलले झण्डै डेढ महिना लगाएर तयार पारेको मस्यौदा आज बुझाएका हुन् ।

कार्यदलमा जनयुद्ध शब्द, पार्टीको चुनाव चिन्ह र कमिटीहरुको संख्यात्मक सहभागिताबारे विवाद रहेको छ ।

पार्टी एकता संयोजन समिति बैठकले कार्यदलले दिएको सुझावसहित विवाद रहेका बाँकी विषयलाई टुंगो लगाएपछि पार्टी एकताको औपचारिक घोषणा हुनेछन् ।

केही दिन अघि माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टी कमिटीहरुमा फिप्टी फिप्टी सहभागिता हुनुपर्ने अडानलाई सार्वजनिक गरेपछि एमाले नेतृत्व झस्किएको थियो । एमालेले पनि जनयुद्ध, सूर्य चिन्ह र ५०–५० सहभागितामा सहमति हुननसक्ने अडान सार्वजनिक गरेपछि बढेको अन्यौल हटाउने विषयमा समेत संयोजन समिति बैठकमा छलफल हुनेछ ।

एमाले र माओवादीले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर आगामी बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महिला बास्केटबलमा घृणास्पद कार्य: खेलाडीमाथि यौनजन्य खेलौना प्रहार

प्रधानमन्त्री बालेनले आज ११ सांसदका प्रश्नको जवाफ दिँदै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu