ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पुर्पक्षका लागि कारागार चलान


abc news
१४ श्रावण २०८२, बुधबार   ५ : ५२   बजे

काठमाडौ १४ साउन । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउन आदेश गरेको हो।

रौतहटको गढिमाई नगरपालिका ४ का ४६ वर्षीय झाविरुद्ध एक युवतीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। १० दिन पहिले बानेश्वरबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो।

ती युवतीले २०८१ जेठ ४ गते काठमाडौँको बानेश्वरस्थित आफ्नो कोठामै आएर अहिराजले जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। केही वर्ष पहिले नै परिवारिक रुपमै उनीहरुको चिनजान रहेको खुलेको छ। पटक पटक आउजाउ भएको पनि पाइएको छ।

तर त्यसदिन दिउँसो १२ बजेतिर अहिराजले आफूलाई धाकधम्की दिएर जबर्जस्ती करणी गरेको जाहेरवाला युवतीको आरोप छ। तर ती युवतीले आफूलाई पटक पटक ब्ल्याकमेलिङ गरेको आरोप लगाउँदै अहिराजले तीन लाख रुपैयाँ ती युवतीलाई दिइसकेको बयान दिएका छन्।

युवतीले आफूसँग पहिले विदेश जानका लागि भन्दै २० लाख रुपैयाँ माग गरेको तर पछि विदेश नगए पनि रकम दिनु भन्दै माग गरेकाले ३ लाख रुपैयाँ दिएको उनको बयान छ। २०८१ भदौ २३ गते ३ लाख रुपैयाँ दिएको उनको दाबी छ।

उनले ती युवतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमै आपराधिक लाभ ९हनी ट्रयाप० को आरोपमा २०८१ मंसिर ७ गते जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu