ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुलाकी सडक निर्माणलाई तीब्रता दिन मन्त्री मगरको निर्देशन


admin
२० चैत्र २०७४, मंगलबार   ६ : १२   बजे

भीमदत्तनगर, २० चैत । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन डाकेबजार–दैजी हुलाकी सडक तीव्र गतिमा निर्माण गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री मगरले आज यहाँको बेलौरी नगरपालिकामा हुलाकी सडक आयोजना कार्यालय धनगढीका कर्मचारी र निर्माण व्यवसायीसँग छलफल गर्दै सडक निर्माणको काममा ढिलासुस्ती नगर्न आग्रहसमेत गर्नुभयो ।

मन्त्री मगरले स्थानीयवासीलाई सास्ती नहुने गरी सडक निर्माणमा तीव्रता दिन सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । कञ्चनपुरको दक्षिणी क्षेत्रको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार हुलाकी सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै मन्त्रीसमक्ष स्थानीयवासीले गुनासो गरेका थिए ।

उहाँले आगामी असारसम्म गर्न सकिने कामको विवरण, सडकमा धुलो र हिलो हुन नदिने उपायका बारेमा समेत छलफल गर्नुभएको थियो । असारसम्म माटो भर्ने र ग्राभेलिङको आधा काम गर्न सकिने निर्माण व्यवसायीले मन्त्रीसमक्ष जानकारी गराएका थिए ।

निर्माण व्यवसायीले बजेटको समस्या र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा काम गर्न भइरहेको अवरोधबारे गुनासो पोखेका थिए । जवाफमा मन्त्री मगरले काम गर्ने वातावरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मगरमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आएर विभिन्न कार्यक्रममा व्यस्त रहनुभएको छ ।

त्यसैगरी आज नै शुक्लाफाँटा निकुञ्ज विस्थापित बस्तीमा पुगेर मन्त्री मगरले विस्थापितको दीर्घकालीन समाधान खोज्न आफू पहल गर्ने बताउनुभयो । यहाँको लालझाडी गाउँपालिका–६ ढक्कास्थित विस्थापित शिविरमा लगाइएकोे गहुँखेती भित्र्याउन निकुञ्ज प्रशासनले अवरोध गरेको भन्दै विस्थापितले समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

मन्त्री मगरले गहुँ भित्र्याउने समस्या तत्काल समाधान गर्न वन मन्त्रालयसित समन्वय गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group