ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नमूना बेञ्चमा उच्च अदालतका न्यायाधीश ‘डमी’


abc news
१५ श्रावण २०८२, बिहिबार   २ : ५७   बजे

काठमाडौ १५ साउन । नमूना अदालत अभ्यासमा उच्च अदालत विराटनगरका न्यायाधीशले डमी नमूना न्यायाधीशको भूमिका निर्वाह गरेका छन् ।

विराटनगरको ब्राइट भिजन ल कलेजको नमूना अदालत अभ्यासमा उच्च अदालत विराटनगरका दुई न्यायाधीशले डमी न्यायाशीशको भूमिका निर्वाह गरेका हुन् । घटना बुधबारको हो ।

स्वार्थ बाझिने स्थानमा न्यायाधीश नै डमीको रुपमा देखिएपछि आलोचना भइरहेको छ ।

ब्राइट भिजन कलेजले आयोजना गरेको मुट कोट प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिस्पर्धा गरेका थिए ।

बुधबारको फाइनलमा उच्च अदालत विराटनगरका न्यायाधीश केशवप्रसाद बास्तोला, कृपासुर कार्की नमूना न्यायाधीशको भूमिकामा देखिए । उनीहरुसँगै वरिष्ठ अधिवक्ता शान्तिराम भण्डारी पनि नमूना न्यायाधीशको भूमिकामा थिए ।

तीन जनाको नमूना पूर्ण इजलास गठन भएको थियो । काल्पनिक घटनालाई मुद्दा बनाएर विद्यार्थीहरूले न्यायाधीशका अगाडि बहस गरेका थिए ।

विद्यार्थीको प्रस्तुतीका आधारमा बास्तोला, कार्की र भण्डारी रहेको नमूना पूर्ण इजलासले विजेता, उपविजेता घोषणा गरेको थियो ।

यो कलेज वरिष्ठ अधिवक्ता चूडामणि आचार्यको हो । कलेज प्रमुखसमेत रहेका आचार्यले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिनका लागि मुट कोर्ट प्रतियोगिताको आयोजना गरेको बताए ।

अधिवक्ताले सञ्चालन गरेको निजी कलेजको कार्यक्रममा न्यायाधीश नै डमीको रुपमा प्रस्तुत भएपछि पक्ष र विपक्षमा बहस भइरहेको छ ।

‘श्रीमानले कलेजमा गएर नमूना बेञ्चको नमूना न्यायाधीश बन्न मिल्छ कि मिल्दैन यो बहसको विषय हो, तर स्वार्थ बाझिने स्थानमा जानु हुन्न भन्ने चासो छ,’ उच्च अदालत स्रोतले भन्यो,‘ अदालतमा बहस गरिरहने अधिवक्ताले सञ्चालन गर्ने संस्थाको कार्यक्रममा न्यायाधीश नमूना इजलासमा देखिनु जानु प्रश्न योग्य विषय हो ।’

न्यायाधीशकै जिम्मेवारीमा रहेका व्यक्तिले कलेजमा गएर नमूना इजलास चलाउनु मर्यदा र परम्परा विपरित रहेको अधिवक्ताहरु बताउँछन् ।

‘नमूना बेञ्चमा नमूना न्यायाधीश बस्नु पर्ने हो, न्यायधीश नै बस्नु सामान्य विषय होइन,’ एक वरिष्ठ अधिवक्ताले भने,’ यो विषय कन्फ्लिक्ट अफ इन्ट्रेष्ट हुन्छ ।’

कलेजको नमूना इजलासको अभ्यास हेर्न उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई प्रमुख अतिथिको रुपमा उपस्थीत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group