ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा प्रदूषण रोक्न ‘धुलो नियन्त्रण इकाइ’ गठन


admin
२० चैत्र २०७४, मंगलबार   ६ : १७   बजे

काठमाडौँ, २० चैत । सरकारले काठमाडौँ उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या नियन्त्रणका लागि छुट्टै इकाइ गठन गरेर काम थालेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा साविकको वातावरण मन्त्रालयले मन्त्रालयमा शाखाकैरुपमा रहने गरी ‘धुलो नियन्त्रण इकाइ’ गठन गरेको हो । तत्कालका लागि इकाइको नेतृत्व वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका सचिव प्रकाश माथेमाले जानकारी दिनुभयो ।

“मन्त्रीको निर्देशनमा धुलो नियन्त्रण इकाइ’ गठन गरेका छौँ”, माथेमाले भन्नुभयो, “अब धुलो नियन्त्रणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।” वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधानले हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको भन्दै सरकार संविधानप्रदत्त नागरिकका हकबारे सचेत रहेको बताउनुभयो ।

उहाँले राजधानीको धुलोका कारण सर्वसाधारणले कष्टपूर्ण जीवन बिताउनु परेकोबारे आफू जानकार रहेको र उक्त अवस्थाको यथाशक्य छिटो अन्त्य गर्ने गरी काम थालिने प्रतिबद्धता जनाउनुभयो ।

उपत्यकामा धुलो र धुवाँ फैलनुका कारणबारे आफ्नो निर्देशनमा वातावरण विभागले अध्ययन प्रतिवेदन तयार पारेको जानकारी दिँदै उहाँले प्रतिवेदनले औँल्याएका समाधानका उपाय अवलम्बन गरेर जनतालाई धुलो÷धुवाँमुक्त वातावरण बनाउन तयार रहेको बताउनुभयो ।

धुलोको प्रमुख स्रोत सडक आयोजना निर्माणमा भइरहेको ढिलाइ भएकाले आफूले सरोकारवाला सबै निकायलाई छलफलमा बोलाएको जानकारी पनि मन्त्री बस्नेतले दिनुभयो । उहाँले राजधानी उपत्यकामा मास्क लगाएर हिँड्ने अवस्थाको सकेसम्म छिटो अन्त्य गरिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group