काठमाडौँ, २० चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४’ र ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ स्वीकृत गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गरियोस्’ भनी पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
चिकित्सा शिक्षा अध्यादेशले शिक्षा र स्वास्थ्य क्षेत्रमा भेदभावपूर्ण व्यवहार गर्ने भएकाले पेस नगर्न भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिनुभएको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
शिक्षामन्त्री पोखरेलले चिकित्सा शिक्षा अध्यादेश एकाएक आएको नभई लामो शृखंलापछि आएको जनाउँदै चिकित्सा शिक्षालाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भन्ने वहसपछि ल्याइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्