ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री लामाले भ्याए आजै, नभ्याए भोलि हेटौँडा पुगेर राजीनामा दिने


abc news
१६ श्रावण २०८२, शुक्रबार   १२ : ३२   बजे

काठमाडौ १६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन्।

बिहीबार हिजो साँझ काठमाडौँमा आफ्नो पार्टीका सभापति शेरबहादुर देउवासँग भेटपछि उनी राजीनामा दिने निर्णयमा पुगेका हुन्।

शुक्रबार आज आफू निकट सांसदहरूको सल्लाहमा मुख्यमन्त्री लामाले राजीनामा दिने निर्णय गरेको सांसद तीर्थ लामाले जानकारी दिए।

उनका अनुसार सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बालुवाटार बोलाएर कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित लामालाई बहुमतमा सरकार चलाउन पर्ने भन्दै मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए।

पार्टीको शीर्ष तहको निर्देशन मान्नुको विकल्प नभएको भन्दै मुख्यमन्त्री लामाले राजीनामा दिने तयारी गरेको सांसद तीर्थ लामाले बताए।

‘संसदीय दलको नेतामा पराजित भएपछि र त्यसमा पनि पार्टी सभापतिले नै राजीनामा दिन निर्देशन दिँदादिँदै आफ्नै सुरमा लाग्नुहुन्न भन्ने सल्लाह भयो’, सांसद लामाले भने, ‘मुख्यमन्त्रीज्यूले भ्याए आजै, आज नभ्याए भोलि हेटौँडा पुगेर पत्रकार सम्मेलन गर्ने र राजीनामा दिने तयारीमा जुट्नुभएको छ। मार्गप्रशस्त गर्न उहाँ तयार हुनुहुन्छ।’

हाल मुख्यमन्त्री लामा प्रदेश सांसदहरूसहित काठमाडौँमा छन्।

बागमती प्रदेश सभामा ३७ सिट रहेको कांग्रेसको संसदीय दलमा गत शुक्रबार त्यसबेला दल नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

त्यसपछि नयाँ दल नेता चयनका लागि बुधबार भएको चुनावमा लामालाई हराउँदै इन्द्रबहादुर बानियाँ विजयी भए।

यसपछि मकवानपुरका बानियाँले नुवाकोटमा लामालाई मुख्यमन्त्री पद छाड्न दबाब दिइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group