ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्ज भन्सारले राजस्व सङ्कलन लक्ष्य अनुसार गर्न सकेन


abc news
१८ श्रावण २०८२, आइतबार   १ : १८   बजे

काठमाडौ १८ साउन । खुला सीमाबाट हुने अवैध तस्करी नियन्त्रणमा नआउँदा वीरगञ्जका दुई भन्सार कार्यालयले गत आर्थिक वर्षमा वार्षिक राजस्व लक्ष्य भेट्टाउन सकेनन् । गत वर्ष वीरगञ्ज भन्सार कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले त्यसको ८० दशमलव ३५ प्रतिशत मात्रै अर्थात् एक खर्ब ७५ अर्ब ९३ करोड रुपैयाँ मात्र सङ्कलन गर्‍यो ।

अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाइए पनि राजस्व सङ्कलनमा अपेक्षित सुधार देखिएन । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत वर्ष ६० अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकोमा ४९ अर्ब ८२ करोड रुपैयाँ मात्र उठाउन सक्यो ।

भन्सार प्रमुख दीपक लामिछानेले खुला सीमाबाट हुने चोरी पैठारी र दुवै देशबीचको रोटीबेटी सम्बन्धले नियन्त्रणमा कठिनाइ भएको बताए । वीरगञ्ज भन्सारले सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थ ८० अर्ब ९२ करोड रुपैयाँ र सवारीसाधनरपार्टपुर्जा १९ अर्ब ८२ करोड रुपैयाँबाट सङ्कलन गरेको छ । तर, सुरक्षा निकायले एक वर्षमा मात्र पर्साबाट १ अर्ब रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोदाममा छापा मारेर नियमित रूपमा साप्ताहिक रूपमा सातदेखि १५ लाख रुपैयाँसम्मका सामान जफत गरिरहेका छन् ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले अवैध कारोबारले प्रोत्साहन पाएकाले वैध कारोबार निरुत्साहित भएको बताउनुभयो । स्थानीय प्रशासन, प्रहरी र भन्सारको समन्वय कमजोर हुँदा सीमावर्ती क्षेत्रमा चोरी पैठारी अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu