ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार जवाफदेही, उत्तरदायी र पादरर्शी हुन सकेन – शेखर कोइराला


abc news
१८ श्रावण २०८२, आइतबार   १ : २८   बजे

काठमाडौ १८ साउन । सत्तारुढ नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नभएको आरोप लगाएका छन् ।

आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्ति प्रसाद यदुनाथ चापागाईं सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनताले सुशासनको अनुभूति गर्न नसकेको जिकिर गरे ।

‘अहिले सरकार न जवाफदेही छ, न उत्तरदायी छ न पारदर्शी छ । यो सबै कुराका लागि सुशासन हुन जरुरी छ,’ कोइरालाले भनेका छन् ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको उनको धारणा थियो ।

‘न्यायालय ठिक ठाउँमा छैन । व्यवस्थापिका पनि ठिक ठाउँमा छैन, कार्यपालिका पनि ठिक ठाउँमा छैन भने हामी कसरी देश अघि बढाउन सक्छौं रु,’ कोइरालाले भने, ‘प्रधानमन्त्री मात्रै फेरेर मात्रै, मन्त्री मात्रै फेरेर देश ठिक ठाउँमा अघि बढ्ने होइन होला रु’

मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको उनले बताए । तर, मिलिजुली सरकार बनाउने बाहनामा पार्टीका सिद्धान्त र व्यवहारलाई छाड्न नहुने उनको भनाइ थियो ।

‘डेमोक्रेसी धरापमा छ । हामीहरूले निर्वाचन प्रणाली नै यस्तो बनाएका छौं, हामीसँग मिलिजुली सरकार बनाउनुको विकल्प छैन,’ उनले भने, ‘मिलिजुली सरकारको नाममा रहेका कुरा छोड्दै जाने हो, सैद्धान्तिक धरातल छाड्दै जाने हो भने कस्तो कांग्रेस हामी बनाउँदैछौं भन्ने कुरा सोच्नुपर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group